Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 08:30 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

वारपाक र सेभेन सिस्टर

वारपाक र सेभेन सिस्टर

कैलासवावु श्रेष्ठ/गोरखा

फागुन २० गते । गोरखा जिल्लाकै संभवत सुन्दर र पर्यटकीय गाउँ मानिएको वारपाक नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी जुटन थालेको छ र त्यसको पुरै तयारीको लागी सेभेन सिस्टरको समूह भनेर चिन्न सकिने दल कुमारी घले सहितको टोलीको ठुलो हात छ ।

इतिहासले घले राज्यको उपमा पएको यो गाउँलाई गजे घलेको नामवाट पनि चिन्न सकिन्छ । दोस्रो विश्व युद्वमा वहादुर प्रर्दशन गरेको भन्दै वि्रटीस सरकार वाट भिक्टोरीया क्रस पाउने गजे त अहिले छैनन तर पनि यो गाउँलाई गजे घलेको गाउँ भन्दा कसैको दुई मत नरहला ।

सामान्यतया तपाइ घुम्न जान मन लागेका कस्तो ठाउँको कल्पना गनु हुन्छ ? सफा, सुन्दर र मिलन सार मानिस भएको स्थान । जहाँ जाँदा स्वर्गीय आनन्द आवास । अग्लो भिरमा वसेर चारै चिर हिमाल देख्न पाइयोस । हो यस्तै यस्तै कल्पना गर्नेहरुका लागी घरर्तीकै स्वग हो भन्दा हुन्छ वारपाक ।

गोरखा सदरमुकाम देखी उत्तरमा रहेको यो गाउँमा घले, गुरुङ्ग र परियार जातीको विशेष वसोवास रहेको छ । वडा नम्वर ४, ५, ६, ७, ८ र ९ गरी छ वटा वडा मिलेर वनेको गाउँ नै वारपाक गाउँ हो । पहिले पहिले गोरखा वजार देखी हिडेर जानुपर्ने यो गाउँमा केही साता अगाडी देखी हलुका सवारी साधन समेत चल्न थाले पछि यहाा घुम्म जानेहरुको भिड नै लागेको छ ।

वारपाकको सुन्दरताको वर्णन सायदै कसैले गर्न सक्ला । पंक्तिकार पनि ३३ वर्षको उमेरमा पहिलो पटक ०६६ साल फागुन १० गते वारपाक पुग्दा र गाउँलाई नजिकै वाट नियालेर हेर्दा अचम्मैमा परेको थियो । के यती विकट ठाउँमा पनि यति ब्यवस्थीत गाउँ हुन सक्छ ? के यस्ता मिलनसार मानिस गाउँमा हुन सक्छ ? यस्तै यस्तै कुराले भिजेको दिमागलाई दुई दिने वसाइमा त्यहाँका मानिसले मनै पग्लने गरी स्वागत विदाई गरे पछि कल्पना भन्दा वाहिरको गाउँ रहेछ वारपाक भन्ने लागेको हो ।

यही गाउँमा हुर्की वढेकी हुन दल कुमारी घले । यी नै हुन वारपाक गाउँलाई नेपाल भ्रमण वर्ष २०११ को तयारीको लागी दिन दुई गुणा र रात चार गुणा काम गरी रहेका छन । उनले यही गाउँलाई चिनाउनका लागी केही महिना अगाडी मात्र वारपाक र वरपर रहेको पर्यटकीय स्थलको डकुमेन्ट्री समेत निर्माण गरी सकेकी छिन । उत्त कार्यका लागी नेपाल पर्यटन वोड पोखराले पनि सहयोग गरेको थियो ।

अहिले उनी वारपाकमा नै वसेर कसरी आˆना गाउँका दाजुभाई तथा दिदीवहिनीहरुलाई विदेशी तथा स्वदेशी पर्यटक गाउँमा भित्र्याउदा के फाइदा हुन्छ भनेर दैनिक भलाकुसारी गर्ने गर्छीन भने अन्य वहिनीहरु काठमाण्डौंमा वसेर वारपाककी आमाहरुलाई पौढ कक्षा संञ्चालन गर्दै छन । पुष्पा, भिमकुमारी, खेमकुमारी, आशा, पुणर्ीमा र दिल कुमारी जस्ता उनका होनाहार वहिनीहरुले उनका यो कार्यलाई सहयोग गरी रहेको छ ।

दल कुमारीकै प्रयासमा अहिले वारपाकमा होम स्टे अर्थात पाहुना घरको अवधारणा अनुसार २० घर भन्दा वढी घरमा एक देखी दुइ वटा कोठा छुट्टाइएको छ भने त्यसमा चाहिने सामानको तयारी समेत भै रहेको छ । अन्य घरहरुमा पनि यस्तै काम गर्ने तयारी उनको भै रहेको छ । `धेरैले कुरा वुझदैनन । सम्झाउदैमा दिन जान्छ` दल कुमारी घलेको गुनासो छ । हामीले वारपाक सम्वन्धी व्रोसर समेत तयार गरी सकेका छौ घलेले भनिन ।

वारपाक गाउँमा ८ सय भन्दा वढी घर भएको अनुमान गरीएको छ । एक घर देखी अर्को घर सम्म जाने सवै वाटो, आँगन र पर्खाल सफा, सुन्दर र ढुङ्गाले विच्छाएर सफा राखीएको छ । के बालक के वृद्वा सवैले सरसफाइमा दैनिक समय दिने गरेकै कारण यो गाउँ नेपालकै सुन्दर र सफा गाउँ हो भन्दा गलत हुने छैन ।

प्रत्येक घरमा दुई जना पर्यटक राख्ने तयारीको साथ योजना तयार गरेकी घलेका अनुसार विदेशी पर्यटक भने वर्षेनी भाद्र देखी कार्त्तिक सम्म मात्र आउने भएकाले अन्य समयमा स्वदेशी पर्यटकलाई आउने वातावरण तयारी जुटेको वताइन । वारपाक गाउँ वाट देखीने ठुलै हिम श्रृखला यसको मुख्य आकर्षक केन्द्र हो भने ठुलो वस्ती र जातिय विभेष विना नै भाइचारा सम्वन्धमा सवैको जातीको वसोवास हुनु अर्को महत्वको विषय हो ।

यो गाउँ वाट धार्चेको लेक, मनास्लु, घ्याच्चोक, नारदपोखरी का साथै मनाङ्ग हुदै लम्जुङ्गको सदरमुकाम वेशिसहर जान सकिन्छ भने गोरखा सदरमुकाममा नै आउनको लागी लाप्राक, गुम्दा, आरुआरवाङ्ग हुदै आरुघाट वजार भएर धादिङ्ग वा गोरखा सदरमुकाम समेत आउन सकिने भएको कारण पनि यसले पर्यटकीय सम्भावना धेरै वोकेको छ ।

२०११ मा ठुलै पर्यटक भित्राउने तयारीमा रहेकी घलेले विभिन्न खालको तालिमको ब्यवस्था गरेकी छिन स्थानिय गाउँलेलाई । ग्रामिण पर्यटनका लागी हो । पााच तारे होटलको जस्तो सुविधा दिन सकिदैन तर पनि हामी कुनै पनि पर्यटकलाइ निरास वनाएर पठाउदैनौ दल कुमारी घलेको दावी थियो । पर्यटककालागी स्थानिय खाना, भेषभूषा र संस्कृतिको विषयमा जानकारी दिने तथा स्थानिय संस्कृतिमा प्रख्याती कमाएको मारुनी, चट्का र रोधी तथा घाटु नाँच देखाइने तयारी पुरा भै सकेको छ ।

यही कार्यका लागी उनले अहिले स्थानिय र वाहिरी संघ संस्थाको सहयोग लिने प्रयास गरी रहेकी छिन । हामीले उनलाई वारपाकमानै भेटदा पनि उनी यही कार्यमा ब्यस्त्त भएको देख्न पाइयो । सायद उनी संग समय नभएर होला उनलाई भेटन हामीले गरेको प्रयास रात ९ वजे मात्र सफल भएको थियो । उनले त्यती धेरै समय गाउँमा खर्चदा समेत नेपाल टुरीजम वोर्ड भनेको कुन पार्टीको हो भनेर स्थानिय गाउँलेले सोध्दा भने समय खर्चेकोमा कहिले कााही दुख लाग्ने गरेको समेत दुखेसो पोखीन ।

उनको मनमा दुखका धेरै पोकाहरु छन तर पनि खोलेर केही हुदैन थाहा छ । नचाहदा नचाहदै पनि उनलाई जाती र पार्टीका कुरा लिएर ज्यान जान सक्ने सम्मको धम्की खपी सकेकी छिन । घले राजाका पाला देखी वोल्दै आएको भाषाका विषयमा केही समय अगाडी देखी विवाद आएको कारण उनलाई यस्तो धम्की आएको हो । घले र गुरुङ्ग जातीको वाहुल्यता रहेको यो गाउँमा घले राजाका पाला देखी वोल्दै आएको भाषाका विषयका घले गुरुङ्ग समुदाय विच विवाद उत्पन्न हुन थाले पछि जो कोही पनि यसको विषयमा खुलेर वोल्न चाहदैनन ।

राडी, पाखी, वाँसको काइयो र ढाकाको कपडामा वारपाकको चिनो भनेर पर्यटकलाई दिने तयारीका साथ केही सातामा नै तालिम चलाउने तयारी पनि पुरा गरेकी छिन दल कुमारीले । ढाकाको कपडा आˆनो समाज र जातीको पहिचान नभएता पनि विश्व स्तरमा नै पहिचान वनाइ सकेको ढाका कपडामा वारपाक भनेर लेखेर दिन सकियोभने त्यसले पनि छुट्टै चर्चा पाउनेमा उनको दाउ रहेको छ ।

चलन चल्तीमा वारपाकमा रहेकी रोशनी आमा र सेभेन सिस्टरको समूहले गाउँमा प्रवेश गर्ने र गाउँ वाट जानेलाई स्वागत र विदाई दुवै गर्ने गर्दै आएको छ । ठुलै सम्मानका साथ स्वागत र विदाई गर्ने यो चलनले जो कसैलाइ पनि एक पटक फेरी वारपाक जाने इच्छा जागृत हुने निश्चित छ । गाउँमा प्रवेश गर्ने जो कोही पुरुषलाई रोशनी आमाले छोराको उपनामले वोलाउने गर्दछ भने सवै संग आत्मीय सम्वन्ध पनि राख्ने गर्दछीन ।

नेपाल भ्रमण वर्ष २०११ मा वारपाकमा ठुलै आन्तरीक तथा वाहृ्य पर्यटक जाउन । शुभ कामना वारपाक लाई र अनि रोशनी आमा र दल कुमारी घलेलाई उनको कार्यको लागी सलाम जस्ले वारपाकको चिनाउनका लागी ठुलै योगदान गर्दै छ ।


Last Updated : 2010-03-04 14:21:28
Other Information
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]