Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 06:25 am
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

हिउँ खेल्दै उत्तरी गोरखा

हिउँ खेल्दै उत्तरी गोरखा

पर्यटनबाट गाउँलेले खासै फाइदा लिन सकेका छैनन्। वर्षमा एक हजार पर्यटकलाई मात्रै मनासलु क्षेत्र पदयात्रा गर्ने अनुमति दिन्छ सरकार।

निमा लामा उत्तरी गोरखा चिनाउने अभियानमा छन्। गोरखा बजारबाट हिँडेर उनको गाउँ छेकम्पार पुग्न १५ दिन लाग्छ। पदयात्रीहरू भने उनको गाउँभन्दा परको लार्केपास क्रस गर्छन्। चौध हजार फिट अग्ला डाँडा चढ्दै यात्रा गर्दा मज्जा आउँछ।


प्राथमिक उपचार सामग्रीदेखि सामलतामल बोकेर कठिनयात्रा प्रारम्भ गर्नपूर्व मनमा उमंग जाग्छ। साहसिक पदयात्री रमाउँछन् छंगाछुर भीर र सुसाएको बुढीगण्डकी देखेर। अन्य पदमार्गमा जस्तो भीडभाड हुँदैन उत्तरी गोरखाका गोरेटाहरूमा।


गरिबी, अभाव देखिन्छ जताततै। आरुघाटबाट बुढीगण्डकीको किनारैकिनार तीनदिनको यात्रापछि पुगिन्छ सिर्तिवास। सिर्तिवास, ल्हो, प्रोक, सामागाउँ चुम्चेत र छेकम्पारको गाउँले जीवनशैली लोभलाग्दो हुन्छ।


गाउँमा मोटरबाटो पुगेको छैन। स्वास्थ्य शिक्षाका पूर्वाधार नभएकाले पढेलेखेकाहरू गाउँमा बस्न रुचाउँदैनन्। राज्यको सौतिनी व्यवहारले उत्तरी गोरखाको आर्थिक र सामाजिक विकास हुन नसकेको बताउँछन् निमा।


हिमाली क्षेत्रका गुजुमुज्ज घर हिउँका रक्षाकवच हुन्। हिउसँग खेल्ने लालसा पाल्नेहरूका लागि यात्रा रमाइलो बन्छ। बाटोभरि भेटिन्छन् भेडा र चौरीखर्क। हस्तकला सामग्री र जडीबुटी बेच्न तथा खाद्यान्न जोहो गर्न तल झरेका भरियाका लस्कर अनि बेच्न ल्याइएका भेडाच्यांग्रा बाटैभरि भेटिन्छन्।


पर्यटनको अपार सम्भावना बोकेको जिल्ला गोरखा। यसको माथिल्लो क्षेत्र साहसिक पर्यटन र अनुसन्धानका लागि उपयुक्त छ। प्राकृतिक सौन्दर्यमा रमाउन विदेशी पर्यटक पनि आउँछन्। नेपाली त खासै घुम्दैनन्। हिमाल चढ्ने र पदयात्रा गर्न रुचाउनेका लागि यो क्षेत्र उत्तम मानिन्छ। मनासलु संरक्षण क्षेत्र आयोजना यहाँको विकासमा लागिपरेको छ।


मनासलु हिमाल आरोहण तथा दृश्यावलोकन गर्न वर्षेनी हजारौं आउँछन्। मनासलुको स्थानीय नाम पुङगेन हो। स्थानीय भाषामा पुङगेन शब्दको अर्थ थाप्लोमा बस्ने देवता। देवता पुङगेन पवित्र पर्वतका भाइ हुन्। देवता भएकाले आरोहण गर्नु हुँर्दन भन्ने जनविश्वास थियो। तर, २०१० मा जापानीले यो हिमाल चढ्ने असफल प्रयास गरे। देउता रिसाए। गाउँमा अज्ञात रोग फैलियो। पुङगेनमा आएको पहिरोले मात्रै १८ जनाको ज्यान गयो। थुपै चौरीसमेत मरे,\\\' स्थानीय गणेश गुरुङले भने।


नेपाली नागरिक ग्लल्जेन नोर्बु शेर्पा र जापानी टोमी इमानोसीले संयुक्त रूपमा ०१३ सालमा हिमाल चढेपछि भने देवता रिसाउँछन् भन्ने धारणामा परिवर्तन आयो।


मनासलु हिमालको पूर्वमा चीनको स्वशाषित क्षेत्र तिब्बत, उत्तरमा लमजुङ तथा मनाङको सीमा छ। मनासलु हिमालको काखसम्म पदयात्रा गर्दै लम्जुङ सदरमुकाम बेसीसहर फर्कन सकिन्छ। अधिकांश क्षेत्र हिमाल, चट्टान र घाँसे मैदानले ढाकिएका छन्। जडिबुटी पनि मनग्गे पाइन्छ यहाँ। निरमसी, चिराइतो, पाँचऔले, पधमचाल, यार्सागुम्बुजस्ता बहुमुल्य जडिबुटीको भण्डार हो मनासलु क्षेत्र। हिम चितुवालगायत ३३ जातका वन्यजन्तु, १ सय १० प्रजातिका चरा, ११ प्रजातिका पुतली र १ हजार १० प्रजातिका जडिबुटी पाइन्छन् यहाँ।


खम्पा विद्रोहका बेला नेपाली भूमि प्रयोग नहोस् भनेर यो क्षेत्र भ्रमण गर्न विशेष अनुमति लिनुपर्ने व्यवस्था गरियो, जुन अहिले पनि कायमै छ। यो नियमले गर्दा वार्षिक एक हजारभन्दा बढी पर्यटक त्यता जान पाउँदैनन्। व्यवहारमा भने त्यो संख्या नाघ्छ।


मनासलु क्षेत्र पुग्न काठमाडौंबाट यात्रा प्ररम्भ गर्दा १५ देखि २० दिन लाग्छ। आठ हजार एक सय ६३ मिटर अग्लो मनासलु हिमालको आधारशिविर ज्यादै रमाइलो छ। एक पटक राजा वीरेन्द्र पुगेकाले त्यहाँको ताललाई वीरेन्द्र ताल पनि भनिन्छ। खासमा त्यसको नाम काला ताल हो।


यात्राको सुरुवातमा काठमाडौंबाट एक दिनमा गोरखा बजारसम्म बसबाट पुगिन्छ। सदरमुकामबाट हिउँदमा कच्ची सडकको करिब ४ घन्टाको यात्रापछि गोरखाको दोस्रो ठूलो बजार आरुघाट पुग्न सकिन्छ। आरुघाट उत्तर गोरखाको प्रवेशद्वार हो।


मनासलु पदयात्राका लागि सम्पूर्ण बन्दोबस्ती सामग्रीको प्रबन्ध पहिल्यै गर्नुपर्छ। एक्लै यात्रा गर्न सकिँदैन। गोरखादेखि सम्पूर्ण सामग्री बोकाएर लैजानुपर्ने भएकाले आवश्यकताअनुसार भरिया व्यवस्था मिलाउनुपर्छ। मनासलु हिमालको मनोरम दृश्य हेर्न र प्रकृतिसँग मितेरी लगाउन पाइन्छ यात्रामा। सदरमुकामबाट हिँडेको दिनमै आरुघाट बजार पुग्न सकिन्छ। त्यहाँबाट बुढीगण्डकी किनारैकिनार अघि बढ्नुपर्छ।
आरुघाटबाट आर्खेत बजार, स्याम्राङ बजार हुँदै सोतीखोला पुगी बास बस्नुपर्छ। आरुघाटबाट उकालोमा उचाइ बढ्दै जाने भएकाले चिसो महसुस हुन थाल्छ। सोतीखोलाबाट त चिसो सिरेटोसँगै हिउँ पनि थपिन्छ।


लोकल खानेकुरा पाइन्छ गाउँमा। फापरको ढिँडो र घिउ हालेको चिया यहाँका नमुना खानकी। हिमाली बस्तीको फरक संस्कृति, परम्परा, रहनसहन र बानीबेहोरामा भुल्दै जाँदा किताबमा पढेभन्दा धेरै ज्ञान पाइन्छ। मनासलुबाहेक बुद्ध, हिमालचुली जस्ता हिमाल पनि प्रमुख आकर्षण हुन्। यस भेकमा पाँचसय वर्षभन्दा पुराना श्रिगी, राजेनलगायत दर्जनौं गुम्बा छन्।


प्रकृतिको भण्डार भए पनि सरकारले यो क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने ठोस योजना ल्याएको छैन। लापु, खानीबशी, माच्छेखोला, तातोपानी, दोभान, जगतलगायत क्षेत्रमा नेपाली खाना र बासको अभाव हुँदैन। व्यवस्थित पर्यटनका पूर्वाधार भने उल्लेख्य मात्रामा विकास भैसकेको छैन। सुबिधायुक्त होटल छैनन्। त्यसले गर्दा मुलुककै उत्कृष्टमध्येको एक पदयात्रा मार्ग न चर्चामा छ न स्थानीयले खासै फाइदा लिन सकेका छन्।


पदमार्गमा साना होटल थुप्रै छन्। माछाखोलाबाट माथि लागेपछि आलु, फापर, जौ आदिको मात्र खेती हुन्छ। निकै चिसो हुने भएकाले अन्य खेती गर्न सकिन्न। धुपीका हरिया बोट बाल्दै आगो तापेर चौरीको घिउ हालेको नुनिलो चिया र लोकल रक्सीमा रमाउन पाउँदा पदयात्री संसारलाई भुल्छन्। हिउँ खेल्न पाइन्छ जगत गाउँमा। अनुपम सौन्दर्य भएको गाउँलाई थोरै भाग्यमानी आँखाले हेर्ने र क्यामेरामा कैद गर्ने अवसर पाएका छन्। पर्यटन व्यवसायी यसलाई भर्जिन ब्युटी\\\' भन्न रुचाउँछन्।


गोरखा वा आरुघाट बजारबाट बोकाएर लगिएका खाद्यान्नमात्र पाइने भएकाले खाद्यसामग्री ज्यादै महंगो पर्छ। घाटगाउँ झनै रमाइलो छ। चारैतिर हिउँ देखिन्छ, चिसो वातावरणले गर्दा सबै टेन्टभित्र बसी नाचगान गर्नतिर लाग्छन्। फरासिला गाउँले पर्यटक एवं आगन्तुकसँग कम्मर मर्काईमर्काई नाच्छन्।


याक र घोडा चढ्ने सुबिधा पनि पाइन्छ गाउँमा। गाउँलेले पर्यटकबाट प्राप्त रकम आइपर्ने समस्या तथा पर्यटक स्वागतार्थ खर्च गर्ने गरेका छन्। क्याम्पिङका लागि मनासलु संरक्षण क्षेत्रले ठाउँठाउँमा साइटहरूको व्यवस्था गरेको छ।


मनासलु हिमालको मनोरम वातावरण अवलोकन गर्दै प्राकृतिक, सांस्कृतिक एवं भौगोलिकतासँग नाता गाँस्न तपाईं पनि जाने कि यात्रामा?

Source : Nagarik


Last Updated : 2009-12-28 13:17:57
Other Information
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]