Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 08:42 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

गोरखाको आँपपीपलमा पहिलो पटक आँखा उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।

आलोकश्री ( सङ्गीतकार ) - 2009-03-20
आलोकश्री ( सङ्गीतकार )

 घरमा पानी चुहिँदा ओभानो ठाउँ खोज्दै गुन्द्रीमा रात काटेको अनुभव सँगालेका सूर्यकुमार खाती स्वीट्जरल्यान्डस्थित पाँचतारे होटलमा पनि सुतेका छन् । फरक यति हो, स्वीटजरल्यान्डको पाँचतारे होटलमा सुत्दा उनको परिचय संगीतकार आलोकश्रीको थियो ।

आलोकश्री यस्ता पात्र हुन्, जसले मेहनत र आत्मविश्वासकै कारण आफ्नो पहिचानलाई करोडौं नेपालीका माझ परिचित गराएका छन् । गोरखाको आँपपीपलमा पहिलो पटक आँखा उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।

`बुबाहरू चार दाजुभाइ तथा चार दिदीबहिनी हुनुहुन्थ्योआलोकश्री भन्छन्- `त्यसमा पनि हाम्रा बा-आमाका पाँच सन्तान थपिएपछि परिवारको साइज झन्डै दुई दर्जन पुगेको थियो । `आम्दानी भए पनि खर्च धेरै हुने भएकाले घर चलाउन मुस्किल हुन्थ्यो,उनी सम्झन्छन्- `कक्षा ८ मा पुगेपछि म पनि मेलापातमा व्यस्त हुन थालिसकेको थिएँ ।यसरी बिहान- बिहान गरेको कामबाट आउने २-३ रुपैयाँ जम्मा गरेर उनी महिनामा ५० रुपैयाँ पुर्‍याउँथे, जुन विद्यालय शुल्क तथा कापी किताबमा खर्च हुन्थ्यो ।

अध्ययन पहिलो प्राथमिकतामा रहे पनि धेरै कुरामा रुचि राख्ने आलोक ०३८ सालतिर रेडियोका पारखी भैसकेका थिए । `रेडियो बजेको थाहा पाउनेबित्तिकै मेरा पाइला टक्क रोकिन्थे ।उनी भन्छन्- रेडियोबाट आउने आवाजले मलाई यति अचम्मित तुल्याउँथ्यो कि कसरी मानिस यति सानो भाँडोभित्र अटाएका होलान् । यसबीच कसैले उल्क्याइदियो, रेडियोभित्र कलाकार हुन्छन् भनेर, बाले दुःख गरेर जोडेको ट्रान्जिस्टर भताभुङ्ग हुने गरी खोलेर हेरें, सयौं तार गुजुल्टिएर बसेको देखेपछि कलाकार नपाएको पीडामा डाँको छोडेर रोएँ ।

विद्यालयमा उनी अध्ययनका अतिरिक्त अन्य क्रियाकलापमा पनि सहभागी हुन्थे । एकातर्फ गाउँघरको रोदी र अर्कातर्फ रेडियोको प्रभावका कारण हुनसक्छ, उनी आफैं लोकधुन सिजर् ना गरेर टुक्का मिलाई-मिलाई गाउँथे । आफैंले रचेका शब्दमा लय हालेर चौतारीमा बसी भाका हालेको क्षण उनी अझै सम्झन्छन् । चौतारीमा एक्लै बसेर रेडियोमा फर्माइस गरेको नक्कल उतार्दै गाइरहेकै क्षणमा एक दिन कक्षा शिक्षकले देखेछन् । भोलिपल्ट उनले साथीभाइमाझ गाउनुपर्ने भयो, तर अगाडि गएपछि कामेर गाउनै सकेनन् ।

घरको जेठो सन्तानका रूपमा जन्मिएका आलोकश्री अपरिपक्व उमेरमै दायित्वबोध गरेर जिम्मेवार बन्ने अभ्यास गरिरहेका थिए । कल्पनामै सही, उनले काठमाडौं पुगेको, रेडियो ने पालमा गएको अनि आफ्नो भावना रेडियोमार्फत मुखरित भएको थुप्रै सपना देखे ।

८ कक्षाबाट ९ कक्षामा जाने बेलामा गाउँमा एउटा विवाह हुन गयो, जसको जन्ती बेहुली लिन राजधानी जाँदै थियो । उनी जन्ती बन्न सफल भए । हजुरआमाको साथमा जन्ती आएका आलोकश्री विवाहघर जावलाखेलबाट रेडियो नेपाल खोज्दै सबेरै हिँडे । १० बजे सिंहदरबार अगाडिको मूल गेट आइपुगेका उनले दुई बजेपछि मात्र त्यहाँ जान पाइने कुरा थाहा पाए । दुई बजे छिर्ने बेलामा गेटमा देखिएको भीडमा आलोकश्रीलाई यी सबै रेडियो नेपालका कलाकार हुन भन्ने लाग्यो । रेडियो नेपाल पुगेपछि अवलोकन महाशाखा हेरेर उनी सुटुक्क रेकर्डिङ स्टुडियो छिरे । साढे २ देखि साढे पाँच बजेसम्म स्टुडियोमा बसेर रेकर्डिङ हेरेपछि उनी त्यहाँबाट बाहिरिए ।

`झमक्क साँझ परेको थियो, भोक-प्यासले आलस-तालस भएको थिएँ,उनले सम्भिmए- `सिंहदरबारबाट बाहिरिएपछि म हराएँ । सोध्दै-सोध्दै राति १० बजे म जावलाखेल पुगें ।त्यसपछि उनमा संगीतको चस्का यति बढ्यो कि अब संगीतबिनाको जीवन अपूरो हुने विश्लेषण उनले गरे । रेडियो नेपाल पुगेको त्यो क्षण उनका निम्ति अविस्मरणीय क्षण बन्यो, त्यसैले एक महिनासम्म उनले गाउँले साथीहरूलाई रेडियो नेपालका बारेमा गफ दिइरहे ।

नमेटिने गरी पसेको संगीतको तिर्सनाका कारण उनले गीतलेखनमा आफूलाई अभ्यस्त बनाउन थाले । आफैं गीत लेख्यो, भाका मिलाएर लय हाल्यो अनि रेडियोको फर्माइस कायर् क्रमझैं फलानोको शब्द-संगीतमा फलानोको स्वर भन्यो अनि गाउन थालिहाल्यो, उनले हास्दै भने- ँम एक प्रकारले पागल भैसकेको थिएँ ।

एसएलसी उत्तीर्ण भएलगत्तै आमाले कुखुरा बेचेर दिएको २० रुपैयाँ खल्तीमा राखेर उनी काठमाडौं आए । ०४४ सालको कुरा हो यो, गीतको ठूलो डायरी बोकेर उनी फेरि रेडियो ने पाल पुगे । त्यसबेला उनलाई आफूजस्तो कलाकार रेडियो नेपालले खोजिरहेको छ भन्ने भ्रम पनि थियो ।

आफन्त अंकलको घरमा बसेर पुस्तक पसलमा काम गरे पनि संगीतको नशाले उनलाई छाडेको थिएन । स्टेसनरी पसलमा सामान ल्याउने तथा सप्लाइ गर्ने क्रममै उनले स्कुलमा टिचिङ पनि सुरु गरे । संगीतकारहरूले आफ्नो गीतको अवमूल्यन गरेको देखेपछि उनमा संगीतकार बन्ने जोस चढ्यो । ँगीत रेकर्डका क्रममा गीत छनौटदेखि गायकलाई पनि आफूले भनेजसरी नै गीत गाउन कमान्ड गर्ने संगीतकार पो ठूलो मानिस रहेछ जस्तो लाग्यो ।उनले भने- ँत्यसपछि स्कुलबाट एडभान्स लिएर १ हजार ६ सयमा सेकेन्डह्यान्ड हार्मोनियम किनेर ल्याएँ ।

त्यसपछि फुर्सदको क्षणमा हार्मोनियममा औंला चलाउन थालिहाल्ने आलोकश्री स्व-अध्ययनबाटै सारेगममा पोख्त बन्न सफल भए । अभ्यास गर्दै जाँदा नयाँ-नयाँ कम्पोजिसन तयार हुँदा उनमा संगीतकार बन्ने भूत चढ्यो । त्यसपछि फेरि उनी रेडियो नेपाल धाउन थाले । रेडियो नेपालमा भेटिने सबै गायकलाई मेरो गीत गाइदेऊ भन्दा कसैले नपत्याएको त्यो समय पनि उनका निम्ति पिडादायी थियो । दुई वर्ष निरन्तर संगीत साधना गरेर तयार पारेका थुप्रै गीत बोकेर हिँड्दा कसैले नपत्याइरहेका बेला एक गायकले १ हजार रुपैयाँ दिने भए गाइदिने बताए, तर उनले पैसा मात्र खाए, गीत गाएनन् । उनको संघर्ष देखेर गायक पूर्ण परियारले ँतिमीदेखि टाढा भए पनि तिम्रो याद आउँछगीत गाइदिए । पप प्याटर्नको यो गीत त्यसबेला खुब हिट भयो । गायकले हजार रुपैयाँ खाइदिएकै समय म कामज्वरोले यति थलिएँ कि त्यसकै कारण दाँतै भाँचियो, उनले बिर्सनलायक त्यो समय सम्भ\\\"mदै भने, ` अहिले सम्भ\\\"mदा नराम्रो सपना देखेजस्तो अनुभूति हुन्छ ।रेडियो नेपालबाट पहिलो पटक यो गीत बजेको दिन उनलाई रातभर निद्रा लागेन ।

रेडियो नेपालमा गीत रेकर्ड गराउन सफल भएपछि उनले पहिलो चरणको सफलता पाएको अनुभूति गरे । त्यसपछि लगातार चार वर्ष अध्ययन-अध्यापनको संसारमा हराए । स्नातकोत्तर पूरा गरेपछि उनी पूर्णकालीन रूपमा संगीतको क्षेत्रमा र्फकने योजनामा पुगे ।

`बिहान उठ्नेबिबत्तिकै हिमाल देख्न पाइयोस्,कालिप्रसाद रिजालले सिर्जना गरेको यो कविता मधुपर्कमा छापिएको देखेपछि त्यो गीतलाई कम्पोज गरेर उनले रामकृष्ण ढकालबाट स्वरबद्ध गराए । त्यसपछि रामकृष्णलाइ लिएर उनी रिजालको घर पुगे । गीत सुनेपछि रिजाल दंग परे ।

नारायणगोपालको निधनपछि गायनक्षेत्रबाट टाढिएका रिजाललाई फेरि सांगीतिक संसारमा तान्न उनीहरू सफल भए । शिक्षक भएर काम गरिरहेकै समयमा उनले केही साथीसँगको सहकार्यमा गोदावरीको बाँडेगाउँमा किङ्गडम स्टार हाइस्कुल स्थापना गरे । सहरसँगै जोडिएको ग्रामीण क्षेत्रको त्यो भेगमा राम्रो विद्यालयको खाँचोलाई यो स्कुलले परिपूर्ति गर्‍यो । संगीतले नाम दिए पनि उनलाई दाम दिने काममा उक्त विद्यालयको भूमिका महत्त्वपूर्ण बन्यो । उनले त्यही मौकामा एकल गीतिसंग्रह ँछायाँतयार पारे । जसमा समावेश सबै गीत लोकपि्रय भए । उक्त संग्रहबाटै उनको परिचय सूर्यकुमार खातीबाट आलोकश्री बन्यो । आलोकश्रीमा परिणत भएको उनको परिचय पनि यति फलिफाप भयो कि त्यसयता उनी निरन्तर सफलताको यात्रा तय गरिरहेका छन् ।

छायाँपछि आलोकश्रीको एकल संगीतमा ०५७ मा `हिउँचुली’, ०५७ मै लयगीतिसंग्रह आए । यी दुवै संग्रह सुपरहिट भएपछि आलोकश्रीको पहिचान अझ बलियो भयो । त्यसपछि उनले २५ वर्षपछि उदितनारायण झालाई सुगम संगीतमा श्रोतामाझ ल्याए । २०५९ मा श्रोतामाझ आएको उपहार शीर्षकको यो गीतिसंग्रहले नेपाली सुगम संगीतमा थुप्रै रेकर्ड कायम गर्‍यो । उपहारपछि २०६१ मा टुनामुना गीतिसंग्रह बजारमा आयो । शब्द, संगीत उनकै रहेको यो संग्रहका सबै गीतले स्रोताको मन जिते । राजेशपायलको स्वरको ँनौजाले मायालेयही गीतिसंग्रहको गीत थियो । कमसङ्गीतयात्राकै क्रममा १० भन्दा बढी देशको भ्रमण गरेका आलोक श्री सङ्गीतमा उदित नारायण झा रामकृष्ण ढकाल देखी रुपक डोटेल मल्लिका कार्की र राजन थपलिया सम्मले स्वर दिएका छन् ।

२०६३ मा जेबी संयोगीको शब्द तथा आलोकश्रीको संगीतमा भारतीय गजल सम्राट् जगजीत सिंहको स्वरको गजल-संग्रह `संयोगबजारमा आयो । संयोगपछि उनकै संगीतमा २०६३ मा `राष्ट्रियता२०६५ मा एसपी कोइरालाको एकल शब्दमा ँउपमार २०६६ मा विकास राणा र सुष्मा राणाको स्वरको `लुकेर लाएको माया’, २०६६ मै रूपक डोटेलको एकल स्वरमा ँउमङ्गगीतिसंग्रह श्रोतामाझ आए । `२०४६ सालदेखि प्रारम्भ भएको मेरो सांगीतिक यात्रा अहिलेसम्म सुखद छ,आलोकश्री भन्छन्- `भर्खरै बजारमा आएका गीतिसंग्रहहरू `लुकेर लाएको माया`उमङ्गले पनि सफलता पाउनुले मेरा सबै मेहनतको श्रोताले कदर गरेको अनुभव गरेको छु ।

आलोकश्री यतिखेर सातामा न्यूनतम् १० वटा गीतमा संगीत भर्छन् । आलोकश्री भन्छन्- `एउटा गीतको न्यूनतम ३५ हजार रुपैयाँ लिन्छु ।संघर्षकै क्रममा ०४८ सालमा मागी विवाह गरेका आलोकश्रीकी छोरी कक्षा १२ मा र छोरा कक्षा १० मा अध्ययनरत छन् ।

जीवनयात्राका क्रममा यतिखेर आलोकश्री फरक सोच राख्न थालेका छन् । नेपाली लोक फ्लेभरलाई सुगम संगीतमा ढाल्न सफल यी संगीतकार सांगीतिक यात्राको एउटा उचाइ प्राप्त गरिसकेपछि सामाजिक सेवाको योजना बुन्न तल्लीन छन् । `मानिस सगरमाथा चढ्छ, विश्व देख्छ, विश्वकै अग्लो स्थानमा पुगेको गर्व अनुभूत गर्छ, अनि लुरुलुरु तल र्झछ,शिखरमा एक्लै पुगे पनि बस्ने मन गरे पनि आखिरमा बेसक्याम्प झर्नैपर्छ,दार्शनिक शैलीमा आफ्नो लोकपि्रयतालाई विश्लेषण गर्दै यी ३८ वषर्ीय संगीतकारले भने- `किनभने उसका सबै आफन्त बेसक्याम्पमै हुन्छन्, मैले पनि सगरमाथा चढिसकेपछि आफ्नो भूमिकामा सीमितता ल्याउनैपर्छ । जहाँ मेरा आफन्त हुन्छन् ।जीवनको अबको यात्रा पूर्ण रूपमा सामाजिक उत्तरदायित्व वहन गर्न खर्चिनुपर्छ भन्ने भावनाकै कारण गोरखामा विश्वविद्यालय स्थापना गर्ने लक्ष्यका साथ उनी अघि बढेका छन् ।

Source :Rajan.com.np


Views : 317 | Last Updated : 2010-03-09 13:01:45
व्यक्ति / व्यक्तित्व
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]