Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 08:39 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

रथी गुरुङ २०२८ सालमा सैनिक अधिकृत क्याडर्सको खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका थिए। रथी गुरुङले यसअघि नेपाली सेनाको तेस्रो मर्यादाक्रममा बलाधिकृत विभागजस्तो महत्त्वपूर्ण विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।

छत्रमान सिंह गुरुङ - 0000-00-00
छत्रमान सिंह गुरुङ

रथी गुरुङ २०२८ सालमा सैनिक अधिकृत क्याडर्सको खुल्ला प्रतिस्पर्धाबाट सेवा प्रवेश गरेका थिए। रथी गुरुङले यसअघि नेपाली सेनाको तेस्रो मर्यादाक्रममा बलाधिकृत विभागजस्तो महत्त्वपूर्ण विभागीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए।

३७ वर्षदेखि सैनिक सेवामा समर्पित गुरुङको जन्म तनहुँ जिल्लाको पुलिभराङ गाउँमा एक साधारण परिवारमा भएको थियो। पिता इमानसिंह गुरुङ र माता ईमादेवी गुरुङको माहिला सुपुत्र गुरुङले त्रिभुवन विश्वविद्यालयबाट स्नातक तहसम्मको शैक्षिक उपाधि हासिल गरेका छन्।

गुरुङकी जीवन संगिनी नेपाल राष्ट्र बैंकको उपनिर्देशक पदमा कार्यरत छन्। उनले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन्। उनका दुई छोरामध्ये जेठा छोरा प्रतीक गुरुङले बेलायतबाट एमबीबीएस र एमआरसीएस गरेका छन्। त्यसैगरी कान्छा छोरा प्रवल गुरुङले ग्रिनविच विश्वविद्यालयबाट बीएस्सी गरेका छन्।

गुरुङका दाजु डम्बरमान सिंह गुरुङ ब्रिटिस गोरखा सेनाका अवकासप्राप्त क्याप्टेन हुन्। उनकी एक मात्र बहिनी कमला घले विजेश्वरी ज्ञान मन्दिर माविमा प्रिन्सिपल छन्। उनको बिहे नेपाली सेना कै उपरथी दमनबहादुर घलेसँग भएको हो। कान्छा भाइ निरमान सिंह गुरुङ पनि नेपाली सेनामा लेफ्टिनेन्ट कर्णेल छन्।

नेपाली सेनामा भर्ना भएपछि गुरुङले भारतको देहरादूनस्थित इन्डिया मिलिट्री एकेडेमीबाट २ वर्षे आधारभूत तालिम लिएका थिए। त्यसपछि युवा अधिकृत कोर्स गर्न उनी बेलायत गएका थिए। त्यहाँ पनि उनी उत्कृष्ट भएका थिए।

भारतको आर्मी वार कलेजमा सिनियर कमान्ड कोर्स, जुनियर कमान्ड कोर्स, हाइ एभरेज इन्स्ट्रकटर कोर्स, काउन्टर इन्सरजेन्सी एन्ड जंगल वारफेयर कोर्स जस्ता तालिममा उनी सहभागी भएका थिए। भारतकै मिजोरममा उनले क्वालिफाइड इन्सट्रक्टर कोर्स, बीएसडब्ल्यु कोर्स जस्ता तालिम लिएका छन्।

स्वदेशमा पनि उनले प्याराजम्प कोर्स, युद्धकला तथा प्रशासन, पहाडी युद्धकला, बटालियन कमान्डर कोर्सहरुमा प्रथम भएर पुरस्कार तथा सम्मान प्राप्त गरेका छन्।

रथी गुरुङले अमेरिकाबाट आर्मी कमान्ड र स्टाफ कलेज कोर्स पनि गरेका छन्। प्रधानसेनापति हुन चाहिने योग्यता मानिने नेसनल डिफेन्स कोर्स चीनबाट गरेका छन्।

गुल्म र गणपति हुँदा उनले आफू प्रमुख रहेको गुल्म र गणहरुलाई खेलकूद र सैनिक युद्धकलामा सँधै प्रथम बनाउन सफल भएका थिए। सहायक रथी रहँदा गुरुङले पदिक वाहिनी र स्पेसल अरेन्स ब्रिग्रेड कमान्डर भएर पनि नेतृत्व प्रदान गरिसकेका छन्।

द्वन्द्वकालमा सबैभन्दा संवेदनशील तथा महत्त्वपूर्ण मानिने मध्यपश्चिम पृतनापतिका रुपमा रहेका थिए।

गुरुङले सहायकरथीका रुपमा सैनिक तालिम निर्देशनालय, अनुसन्धान र विस्तार निर्देशनालय, प्रबन्ध रथी र बलाधिकृत विभागजस्तो महत्त्वपूर्ण विभागमा रहेर कुशल नेतृत्व दिइसकेका छन्।

रथी गुरुङले राष्ट्रसंघीय शान्ति सेना अन्तर्गत रहेर लेबनान, चीफ अफ स्टाफका रुपमा लेबनानमा रहेर पनि विश्व शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान दिएका छन्। त्यसैगरी बेलायतमा चार वर्य सैनिक सहचारीको जिम्मेवारी पनि उनले सम्पादन गरिसकेका छन्।

हाल बागबजारमा बसोबास गरिरहेका गुरुङले राष्ट्रिय खेलकूद परिषद् र विश्व तेक्वान्दो महासंघबाट तेक्वान्डोमा ब्ल्याकबेल्टसमेत हासिल गरेका छन्।


Views : 455 | Last Updated : 2009-08-09 13:22:40
व्यक्ति / व्यक्तित्व
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]