Editorial
Our Words
संचार जगत मानव जीवनको अभिन्न अंग बनी सकेको छ र सुचना प्रविधी प्रयोग गर्ने नेपालीहरु पनि दिन प्रतिदिन बढ्दै छ । त्यसैले स्वदेश तथा विश्वमा छरिएर रहेका नेपालीहरु समक्ष सत्य, तथ्य, निष्पक्ष अनि स्वच्छ, समाचार पस्किएर, गोरखा अनि गोरखालीहरु र गोरखाली संघ संस्थाहरुको बारेमा जानकारी दिने उद्धेश्यले हामीले www.gorkhaonline.net
को शुरुवात गरेका छौं । र समस्त पाठकहरुलाई सजिलोको लागि www.gorkhalionline.com बाट पनि लग ईन गरी वेभ साईट भिजिट गर्न सकिने छ ।
कतिपय अनलाईनहरु चलेको केही समयमा नै बन्द भएका छन् । हामीमा त्यस्तो दिनहरु नआओस भन्ने चाहन्छौं । तसर्थ यस वेभसाईटले सबै पाठकबृन्द समक्ष आफ्नो रचनात्मक सल्लाह र सुझावको अपेक्षा गरेको छ । हालै मात्र परिक्षणको रुपमा संचालनमा ल्याएको यस वेभसाईटले स्वदेश तथा विदेशमा बसोवास गर्ने सम्पूर्ण नेपालीहरुलाई सुख दुखको साथी बनाउन र सत्य तथ्य समाचार दिन हर प्रयास गरिने छ।
पाठकबृन्द, यस अनलाईनबाट देश विदेशको समाचारका साथै मित्रताको लागि रुची राख्नेहरुका लागि पेनपल र आफन्तहरुलाई सन्देश पनि पठाउन सकिने तथा विश्वमा रहेका प्रवासी नेपाली संघ संस्थाहरु तथा ब्यक्तिगत विवरणहरुको पनि जानकारी लिन सकिनेछ ।
हामीले समाचारहरु सके सम्म छिटो सम्प्रेष गर्नु पर्ने आबश्यक्तालाई महसुस गरि नेपाल, कतार र अमेरीकाबाट नियमित रुपमा अपडेट गरिने उद्धेश्य राखेका छौ । तसर्थ यस अनलाईनलाई सूचनाहरु, समाचारहरु, लेख रचनाहरु त्था प्रतिक्रिया वा सुझावहरु वेभसाईटको ईमेल info@gorkhalionline.com
अथवा gorkhaonline@gmail.com मार्फत पठाउन हुन पनि सादर अनुरोध गदछौं ।
धन्यवाद !!!














