Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 09:06 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

प्रवासवाट नेपाली पत्रकारितामो देखाएको तत्परता

नेपाली पत्रकारिताको विकाससँगै विश्वका विभिन्न देशमा पुगेका नेपाली पत्रकारहरुले शुरु गरेको पत्रकारिता आज विश्वभरी विभिन्न माध्यमवाट फैलिएको छ । नेपालीहरुको जनघनत्ववृद्धिसँगै विभिन्न सामाजिक कृयाकलापहरु वृद्धि हुन थालेपछि ति विभिन्न देशमा नेपाली पत्रकारिता आवश्यकता महशुस गरिन थाल्यो ।


समाजमा भएका गतिविधीहरुलाई समाचारका माध्यमवाट सुचना प्रवाह गर्नका लागि नेपालमा पत्रकारिता पेशामा संलग्न भई सकेका वा पत्रकारितामा रुचि राख्ने विभिन्न पत्रकारहरु तथा विभिन्न समुहहरुको सकृयतामा पत्रकारिताको विकास प्रवासमा भएको ईतिहास पाईन्छ । विभिन्न अनलाईन, भित्ते पत्रिका र पि्रन्ट पत्रकारिताको रुपमा विकास भएको नेपाली पत्रकारिता आज आएर टेलिभिजन, रेडियो तथा राष्ट्रिय स्तरका नेपाली पत्रिकाहरुको प्रकाशनसँगै आज यसले विकसित रुप लिएको छ ।


३० लाखको हाराहारीमा विभिन्न देशमा रहेका प्रवासी नेपालीहरु माझ संचारको विकास सोचे जति सन्तोषजनक नभए पनि नवउत्साहित पत्रकारहरुले गर्ने पत्रकारिताले समाजमा के भईरहेको छ भन्ने कुरालाई चित्रण गरिरहेको हामीले पाउन थालेका छौं । विदेशमा रहेका नेपालीहरुका गतिविधीलाई विभिन्न संचार माध्यममा समाचार सम्पे्रषण गर्ने नेपाली पत्रकारहरुले जुन उत्साह प्रवासको नेपाली समाजमा देखाएका छन् त्यो ज्यादै नै सराहनिय छ । नेपाली पत्रकारिताको ईतिहासमा प्रवासको पत्रकारिताले पनि महत्वपुर्ण भुमिका निर्वाह गर्ने गरेको कुरा नेपालका संचार माध्यमहरुले प्रत्यक्ष महशुस गरेका छन् ।


विदेशमा रहेर पत्रकारिता गर्ने नेपाली पत्रकारहरुले दिएको योगदानको चर्चा गरिरहँदा खाडि राष्ट्र कतारको नाम अग्रपंक्तिमा आउने कुरामा कसैको दुईमत नहोला । सन् २००६ मा नेपाल पत्रकार महासंघको सम्पर्क शाखाको विस्तार गरिंदाको ईतिहास भन्दा पहिले कतारमा विभिन्न पत्र-पत्रिकाहरुको ईतिहास रहेको पाईन्छ । यसका अलावा अनलाईन पत्रकारिताको जग पनि सोहि वेला वसि सकेको थियो र आज कतारमा विभिन्न राष्ट्रिय स्तरका पत्रिका लगायत अनलाईन पत्रिका, द्धैमासिक, वाषिर्क लगायत भित्ते तथा साहित्यिक पत्रिकाहरुको विकास पुर्ण रुपमा भईसको छ ।
सन्दर्भ सन् २००५ ताका नै कतारको उत्तर पश्चिमी क्षेत्र अलखोरवाट प्रकाशन शुरु भएको मुग्लानी सौगात पत्रिकाले १२ फरवरीका दिन आयोजना गरेको आधारभुत पत्रकारिता कार्याशाला गोष्ठिले कतारमा मौलाएको नेपाली पत्रकारितालाई अघि वढाउन गरेको प्रयासको हो । विशेष कारणवश सो गोष्ठिको समापन कार्यक्रममा नेपाल पत्रकार महासंघको प्रतिनिधीको हैसियतवाट यो स्तम्भकार उपस्थित हुन नसके पनि प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सो पत्रिकामा संलग्न रहनुले सो पत्रिकाद्धारा आयोजित गोष्ठिको सफलताले कतारमा भोलीका दिनमा नेपाली पत्रकारिताको राम्रो विकास हुने कुरामा कुनै दुईमत छैन । भित्ते पत्रिकाको रुपमा प्रकाशन शुरु भएको अवस्थामा नै सो पत्रिकाका विभिन्न अंकहरुको सहयोगि वन्दै पछिल्ला दिनमा पत्रिकाले प्रगति गरिरहेको अवस्थामा सहभागि हुन नसकेपनि आज सम्म यो समुह र यसमा आवद्ध पत्रकारितापे्रमीहरुले निकै सफलता हासिल गरेको देख्न पाउदा नेपाली पत्रकारितामा दिनरात खट्ने नेपाली पत्रकारहरुले गर्व गर्नुपर्नेछ  र त्यो गर्व सिंगो नेपाली पत्रकारिताले पनि गनु अति सान्दर्भिक हुनेछ । लामो यात्रा पार गदै आज पत्रकारिता सिक्न चाहनेहरुका लागि आधारभुत ज्ञान दिने खालको पत्रकारिता कार्यशालाको आयोजना गरि पत्रकारिता सिक्न चाहनेहरुका लागि सहयोगि भन्ने भुमिका निर्वाह गरिसकेको यो पत्रिकाले भोलिका दिन पनि अवश्य राम्रा सामाग्रीहरु पस्कदैं नेपाली पत्रकारिताको श्रेय वृद्धिमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ भन्ने विश्वास जितेको छ ।


३ लाख भन्दा वढि नेपाली कार्यरत रहेको कतारमा पत्रकारिताको विकास जुन रुपमा अघि वढिरहेको छ त्यो विकासलाई समग्र नेपाली पत्रकारिताको विकासको रुपमा लिनु पर्दछ । पत्रकारिताको विकाससँगै स्थापित नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघको सम्पर्क शाखा स्थापना भई नेपाली पत्रकारहरुको हकहित तथा सुरक्षाका लागि आवाज उठान गर्ने संयन्त्रको विकास भईसकेको कतारमा निजि तथा सामुहित तवरवाट प्रकाशन भईरहेका नेपाली पत्रिका, अनलाईनहरुले नेपाली पत्रकारिताको विस तथा सिपवृद्धिमा गर्ने यस्ता कार्याशाला तथा प्रकाशन आदिको विकासलाई नेपाल पत्रकार महासंघ केन्दि्रय कार्यालय र सम्पर्क समिति कतारले पनि सन्तोषजनक रुपमा लिएको छ ।


कतारवाट प्रकाशित हुने छापा तथा अनलाईनहरुको विकाससँगै पत्रकारको भुमिका निर्वाह गर्न उत्साहिक नवजागरुक पत्रकारहरुले देखाएको उत्साहलाई नेपाल पत्रकार महासंघ सम्पर्क समिति कतारले सदैव सहयोग तथा प्रेरणा प्रदान गर्नका लागि तल्लिन छ र रहिरहनेछ । विगतका दिनमा नेपाली पत्रकारिताको विकासका लागि यस शाखाले आयोजना गरेका विभिन्न कार्याशालाहरुमा सहभागि भई पत्रकारिताको आधारभुत ज्ञान लिई नेपाली समाजका घटनाहरुलाई सम्प्रेषण गरि नेपाली समाजलाई नै सुचना प्रदान गर्ने नेपाली पत्रकारहरुको जुन उत्साह, ईमान्दारिता, पत्रकारिता प्रतिको लगाव र जिम्मेवारीपन छ त्यो जिम्मेवारी भोलिका दिन सहि ढंगले गर्न नवउत्साहित पत्रकारहरु लाग्नु पर्नेछ । सो कार्यका लागि नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ सदैव साथमा रहनेछ । त्यस्तै निजी प्रकाशन समुह तथा अन्य समुहले नेपाली पत्रकारिताको वृद्धिका लागि गर्ने जुसुकै प्रयासको पनि हामी खुलेर स्वागत गर्दछौं ।


समाजमा भएका गतिविधीहरुको मुल्याङ्गकन गरि समाजलाई सहि दिशामा निर्देश गर्नका लागि पत्रकारहरुको जुन भुमिका रहन्छ त्यो भुमिका निर्वाह गर्न कतारमा कार्यरत नेपाली पत्रकारहरुले भोलिका दिनमा महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने देखिन्छ । नेपालीको जनघनत्व वृद्धिसँगै मौलाएको सामाजिक गतिविधी, नेपालीले सिकेका सिपको सहि सदुपयोग, तथा प्रवासमा रहेका नेपालीहरुले विकास गरेको सामुहिक कार्यको थालनीको चित्रण गरि भोलिको समृद्ध नेपालको रेखाचित्र कोर्नका लागि नेपाली पत्रकारहरुले पुलको भुमिका निर्वाह गनुपर्नेछ ।


प्रवासमा रहेर विभिन्न व्यवसाय तथा रोजगारीवाट वचेको समयलाई सदुपयोग गर्दै रुचिको रुपमा गरिने पत्रकारितालाई व्यवसायिक पत्रकारिताको रुपमा विकास गर्नुपर्नेमा पनि उत्तिकै ध्यान दिनु जरुरी छ । आजको युगमा गरिने पत्रकारिता रुचिको रुपमा मात्र नभई व्यवसायिकतामा लैजानु सच्चा पत्रकारको धर्म हो । प्रवासमा विगतमा गरिने पत्रकारिता व्यवसायिक भन्दा पनि रुचिको रुपमा गरिने यथार्थ हामी सामु छदैं छ । हाल आएर व्यवसायिक पत्रकारिताको विकास भए पनि सोचे जति व्यवसायिक वन्न सकेको छैन त्यसैले नेपाली पत्रकारिता व्यवसायिक वन्नका लागि पनि जोड दिनु आजको हाम्रो आवश्यकता हो र अवका दिनमा गरिने पत्रकारिता व्यवसायिकतामा लैजानका लागि नवजुझारु पत्रकारहरुले  भोलिका दिनमा पत्रकारितालाई जिविकोपार्जनका भरपर्दौ माध्यमको रुपमा विकास गर्ने वातावरण श्रृजना गर्नुपर्दछ । यसलाई रुचि भन्दा पनि व्यवसायिक जिम्मेवारीपुर्ण वनाउनु पर्दछ । जुन पत्रकार जिम्मेवारीपुर्वक पत्रकारिता गर्दछ त्यसले समाजलाई अवश्यपनि सहि दिशामा लैजानका लागि महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ ।


प्रवासमा रहेका नेपाली पत्रकारहरुको साझा विश्वव्यापि संजालको रुपमा विकास गर्नकालागि नेपाल पत्रकार महासंघ केन्दि्रय कार्यालयको मातहतमा रहनेगरि गत २००९ अक्टुवरमा स्थापना भएको प्रवासी नेपाली पत्रकार संजालले पनि व्यवसायिक पत्रकारिताको विकासको विषयलाई चुनौतीको रुपमा लिएको छ । यो संजालको विकासमा सम्पुर्ण प्रवासी नेपाली पत्रकारहरु एकजुट भई लाग्नु पर्ने तथा नेपाल पत्रकार महासंघको मुल्य र मान्यताको कदर गर्दै विश्वव्यापी नेपाली पत्रकारितामा जोड दिनुपर्ने वेला आएको छ ।


नेपाल पत्रकार महासंघ कतार सम्पर्क शाखा र युएइ सम्पर्क शाखाको संयुक्त पहलमा शुरु गरेको प्रवासी नेपाली पत्रकार संजालको विकासमा आज २१ भन्दा वढि राष्ट्रमा कार्यरत नेपाली पत्रकारहरुले ऐक्यवद्धता जनाई कार्य थालनी गरिसकेका छन् । यसको विकाससँगै व्यवसायिक पत्रकारिताको विकास गर्नसके भोलीका दिनमा नेपाली पत्रकारिता राम्रो व्यवसाय वन्न सक्नेछ ।

(लेखक नेपाल पत्रकार महासंघ सम्पर्क शाखा कतारका अध्यक्ष तथा प्रवासी नेपाली पत्रकार संजालका सचिव हुन्)


Views : 172 | Last Updated : 2010-02-13 12:39:10

About Author

Other Literature
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]