लाउन पाए साडी
चिरञ्जिवी सुबेदी
अर्थुङे- ४ म्याग्दी
बिदेशको कमाई हजुर,लाउन पाए साडी
सबै जना आफ्ना हुन्छन् नत्र डाँडा पारी
साँवा तिर्न नसकेर साहुको ब्याज चर्को
भन्दै थिई घरकी बुढी पाइन मैले बर्को
आमा भन्छिन गैरी खेत आफै कमाउँ सानु
मर्ने बेला खान पाए घरकै एक मानु
आएको थिएँ आमा मैले गरीबी लाई टाल्न
लाग्यो दैब नसक्ने भएँ आफ्नै पेट पाल्न
धनको सपना देखें कि त नपरेर साँझ
औचित्यहिन यात्रा मेरो दुनीयाको माझ
आउछु फर्की लिएर म रहेसम्म सास
नगर्नु है धन दौलत जुहारतको आस
************************
हाल यु ए ई
Views : 173 | Last Updated : 2010-01-19 02:22:57














