झुक्न दिन्नौ सगरमाथा
चिरञ्जिबी सुबेदी
अर्थुङे-४म्याग्दी
देखें मैले बुवा,आमा सपनामा आज |
प्रदेश को गोरेटोमा आफन्तको राज
|
आधा दील खुशि थियो
, आज लाग्थो लाज |बुढेस कालको सहारा भन्थौ
,छैन तिम्रो माँझ |
टाढा हुनु धन रैछ
,पिरतिमा धोका |जीन्दगी भो बर्षे झरी
, पानी माथी फोका |
कम्प्यूटरको जमाना यो
,बिश्वसँग जोड्ने |आफ्नो ठाउँ र आफन्तलाई
,किन हामी तोड्ने?
युवा शक्ती पलायन हुँदा
,बिग्र्यो देशको चाल |आफ्नै देशमा फर्को अब
,जगमा ढुँगो हाल |
हेप्दै छनरे मातृभुमी,मिचाहाले आज |
बीर शहीदका रगत माथी
, पराईको राज |
इतिहासमै उच्च हामि
,वीरताको विरताको गाँथा |हुनु परोस शहीद बरु
,दिन्नौ सगरमाथा |
------------------------------------------
हाल
(यु ए ई)Views : 157 | Last Updated : 2010-01-09 02:59:46














