लोकतन्त्र
चिरन्जिवी सुबेदी
म्याग्दी
लोकतन्त्र आयो भन्छन,डुब्ने घामले छोयजस्तो ।
दुईटा दाँत ङीच्च पार्दै,भित्र-भित्रै रोए जस्तो ।
बिदेशी लाई मख्ख पार्दै,गोस्ठी,सेमिनार चलिराहछ ।
लोकतन्त्रको बखान गर्दै स्यालले,बाघको छाला ओढीराछ ।
राज्यकोष बढाउनलाई,महङ्गी अझै बढाउनेरे ।
तल्लाघरे साहीली लाई पनी,बिदेशतिरै धपाउनेरे ।
हजारौंको रगतले, देशले मुहार फेरिराछ ।
अचेतन झैं अगुवालाई नाताबादले घेरिराछ ।
बिकटका ति दिनहरु, न सम्झेकै जाति भयो ।
पहिले मान्थे अछुत जस्तै, आज आफ्नै साथी भयो ।
धेरै मिठो भाषा बोल्योउ, गरिबलाई जाउलो भनि ।
बचन पुरा नगरेमा,गिराउने छन काउलो बनी ।
शचेतकको जमाना यो,अर्धशचेत कमै होलान ।
पदलोलुपता नछोडेमा,अझै कति आमा रोलान ।।।
----------------------------------------
हाल (यु ए ई)
Views : 147 | Last Updated : 2009-12-23 00:50:42
About Author
चिरन्जिवी सुबेदी म्याग्दीहाल (यु ए ई)














