Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 08:51 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

कपिलबस्तु दिबस

**** रामकुमार श्रेष्ठ

बुद्धको जन्मस्थल कपिलबस्तुलाई बिस्व सामू अरु बढी परिचित गराउने र बिस्व भरी नै बुद्धको शान्ति सन्देश फैलाउने अभिप्रायले कपिलबस्तु दिबस बिभिन्न कार्यक्रम सहित बिस्वभर मनाउन पहलकदमी गरिएको हो बिभिन्न देशमा छरिएर रहेका नेपाली बुद्धिजिबिहरुद्धारा । यस दिबसले राष्ट्रिय स्तरमा मात्र नभएर अन्तरराष्ट्रिय स्तरमा समेत आफ्नै किसिमका सांकेतिक सन्देशहरु  दिन सक्छ । नेपालमा हालसालै पूर्व अनुमान गरिएभन्दा फरक किसिमले बिस्वलाई आस्चर्य चकित तुल्याउदै अत्यन्तै शान्तिपूर्ण तबरबाट स्थापना भएको गणतन्त्रको घोषणा, संयुक्त राष्ट्र संघ अन्तर्गत बिभिन्न देशमा शान्ति स्थापनार्थ नेपालले गर्दै आएको सकृय सहयोग र सहभागिताले नेपाली शान्तिकामी हुन भन्ने राम्रो सन्देश दिएको छ बिस्वलाई । हालै मात्र संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा आणबिक हतियार घटाउने सम्बन्धमा प्रस्तुत संकल्प प्रस्ताबलाई सर्ब सम्मतिले अनुमोदन गरेको छ र अमेरिकी राष्ट्रपतिद्धारा अध्यक्षता गरिएको र निशस्त्रिकरणको बिषयमा यसरी समर्पित भएको संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको इतिहासमा पहिलो घटना हो यो । संसारभरी छरिएर रहेका नेपाली बुद्धिजिबीहरुको पहलकदमीमा हुन लागेको यो कार्यक्रमले यस किसिमका राष्ट्रिय अन्तरराष्ट्रिय घटनाक्रमहरुमा समर्थन जनाउने मात्र नभएर संभब भएसम्म यस किसिमका शान्तिपूर्ण घटना र आन्दोलनहरुलाई समेत कुनै न कुनै रुपमा कुनै न कुनै हदसम्म सांकेतिक रुपमा उत्प्रेरित गर्न सक्छ भन्ने कुरामा आशाबादी हुन सकिन्छ ।

१ डिसेम्बर १८९६ मा जर्मन पुरातत्वबिद Anton Führer ले लुम्बिनिमा अशोक स्तम्भ पत्ता लगाएको आधारमा यस दिनलाई कपिलबस्तु दिन मनाइने निर्णय गरिएको हो । अशोक स्तम्भ खडग सम्शेरले पत्ता लगाएको भए तापनि अन्तरराष्ट्रिय जगत सामू ल्याउने देन भने Anton Führer लाई जान्छ र यो नै गौतम बुद्ध लुम्बिनीमा जन्मेका हुन भन्ने सबभन्दा राम्रो प्रमाण हो । शान्तिका प्रतिमूर्ति गौतम बुद्ध तिलौराकोट कपिलबस्तुमा जन्मी २९ बर्षको उमेरसम्म राजकुमारको रुपमा यस ठाउँमा रहेकाले यस ठाउँको धेरै अर्थमा ठूलो महत्व रहेको छ अन्तरराष्ट्रिय स्तरमा नै । त्यसैले १९९७ मा युनेस्कोले गौतम बुद्धको जन्मभूमि लुम्बिनीलाई बिस्व संपदा सूचिमा समेत समाबेश गरेको छ । अत: उक्त दिनलाई एउटा ऐतिहासिक महत्व दिनु आबस्यक देखिएको र त्यस्तो निर्णयले  राष्ट्रिय अन्तरराष्ट्रिय शान्ति प्रकृयामा समर्थन, ऐक्यबद्धता र टेवा समेत दिन सक्ने भएकोले १ डिसेम्बरलाई कपिलबस्तु दिबसको  रुपमा मनाउने निर्णय गरिएको हो । यस कार्यक्रमलाई संसारभर छरिएर रहेका नेपालीले आ-आफ्नो क्षमतानुरुप ऐक्यबद्धता जनाएर सहयोग गरिदिनु भएको खण्डमा बिस्व सामू नेपाललाई अरु बढी परिचित गराइ नेपालको पर्यटन प्रबर्द्धनमा सहयोग पुर्याउन सकिन्छ र अन्तत्वगत्वा यस्ले नेपालको बिकासमा नै सहयोग पुर्याउने कुरामा सन्देह छैन  ।

संयुक्त राष्ट्र संघका तात्कालिन महासचिब ऊ थान्त १९६७ मा लुम्बिनी भ्रमणमा जानु अघिसम्म त्यहाँ नगण्य काम मात्र भएकोले गौतम बुद्धको जन्मभूमिलाई उच्च प्राथमिकता दिइ त्यहाँ ठोस काम गर्नका लागि १९७० मा संयुक्त राष्ट्र संघले एउटा अन्तरराष्ट्रिय समिति गठन गर्‍यो र संयुक्त राष्ट्र बिकास कार्यक्रम (UNDP) ले जापानी आर्किटेक्ट प्रो. केन्जो टाङेलाई लुम्बिनिको बिकासको विस्तृत कार्य योजना (Master Plan) ६.५ मिलियन डलरको लागतमा बनाउन लगायो जुन १९७८ मा तयार भएको थियो ।

आध्यात्मिक, ऐतिहासिक र पुरातात्विक महत्वको दृष्‍टिकोणले आफ्नै किसिमको बिशेषता र महत्वयुक्त लुम्बिनिको बिस्वमै चाख र महत्व हुन सक्ने भएकोले नै युनेस्कोले यस्लाई बिस्व संपदा सूचिमा राखेको हो । लुम्बिनी बिकास गुरु योजनाको कार्यन्वयनले ७ बर्षभित्रमा पूर्णता पाउनु पर्ने लक्ष राखिएको थियो तापनि आधा शताब्दीभन्दा बढी समय ब्यतित भैसक्ता पनि योजना कार्यन्वयनले पूर्णता पाउन नसकेको र त्यसतर्फ कुनै चासो नै दिएको नदेखिनुले कता कता स्वस्थानीमा अरुले दया गरेर ल्याइदिएको खाना पनि खान लाग्दा  हुरीले उडाएर लगेको घटनाको स्मरण गराउँछ । अन्तरराष्ट्रिय जगतमा नेपाललाई चिनाउने भएको एउटा बलियो आधारलाई पनि अरुले त्यत्रो सहयोग गर्दा समेत हात बाँधेर टुलुटुलु हेरेर बसिन्छ भने योभन्दा लज्जास्पद र नामर्दिपन अरु केही हुन सक्ला र ?

शान्तिका प्रतिक गौतम बुद्धका सन्देशहरुलाई धार्मिक रुपमा मात्र सीमित गरिनुभन्दा मानबीय चरित्रको आधारशिलाको रुपमा अबलम्बन गरिने र प्रबचनको श्रोत बनाउनुभन्दा आफ्नो दैनिक जीबनमा प्रयोग गरिने हो भने मात्र प्रत्येक ब्यक्ति खुशी र सुखी हुन सक्छ अनि यो संसार सुन्दर शान्तिमय ग्रहको रुपमा बिकास हुन सक्छ । स्वार्थ र अभिमानले ब्याप्त मानब जातिका कारण नै यो संभाबना असंभब प्राय: जस्तो देखिदै आएको छ तापनि बिस्वब्यापी रुपमा गरिने यस किसिमको राजनीतिक प्रतिबद्धता, बुद्धिजिबी र सामाजिक कार्यकर्ताहरुको अथक नि:स्वार्थ प्रयासहरुले बिद्यमान समस्यालाई धेरै हदसमम्म न्यूनिकरण गर्न सकिने कुरा अस्वाभाबिक नहुन सक्छ ।

आयोजकहरुको प्रकृतिका कारण फेसबुक तथा ट्विटर जस्ता सामाजिक सन्जालहरु र सन्चारका माध्यमहरुको अधिकाधिक प्रयोग सर्बोत्तम उपाय भएको देखिन्छ यस कार्यक्रमको लागि र पनि संभब भएसम्म बिभिन्न किसिमका स्थानीय कार्यक्रमहरुको लागि प्रयासहरु भैरहेका छन । बुद्धको शान्ति सन्देश संसारभर फैलाउँदै नेपाल र नेपालीलाई संसारभर अरु बढी चिनाउने उद्धेस्यका साथ अगाडि बढेको यस निर्बिबाद कार्यक्रममा सबैले यथासक्य सहयोग गरी आ-आफ्नो तर्फबाट नागरिकीय कर्तब्य पुरा गर्नु हुनेछ भन्ने कुरामा बिस्वस्त छौं । यस कार्यक्रमको सफलताको लागि सकेसम्म अन्य ब्यक्तिहरुलाई पनि सकृय हुन अभिप्रेरित गर्ने र त्यसो गर्न नसकिए  पनि प्रत्येक ब्यक्तिको कम्तीमा ५-१० मिनेटको योगदानले नेपाल र नेपालीको लागि मात्र नभएर बिस्वकै लागि केही अर्थ र महत्व राख्न सक्छ । थोपा थोपा पानी नै समुद्रको अस्तित्वको आधार हुने भएकोले यस कार्यक्रममा पनि यहाँहरु प्रत्येकको कम्तीमा ५-१० मिनेटको योगदानले ठूलो अर्थ राख्न सक्नेछ । धेरै बिदेशीहरुको समेत सहभागिता हुने संकेत पाईएको यस कार्यक्रममा हामी नेपालीहरुको उल्लेख्य सहभागिता स्वाभाबिक र अपरिहार्य देखिन्छ ।

हालसम्ममा केही नायक तथा नायिका र कलाकारहरुले समेत यस कार्यक्रममा सकृय सहभागिता जनाउने जुन प्रतिबद्धता जाहेर गर्नु भएको छ त्यस्को लागि उहाँहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं । र कार्यक्रमका दिनसम्ममा अन्य धेरै कलाकारहरुको सकृयता हुने कुरामा आशाबादी छौं । त्यसरी नै यस कार्यक्रमको लागि लोगो डिजाइन गरेर सहयोग गर्नु हुने सन्जिब श्रेष्ठ पनि धन्यवादका पात्र हुनुहुन्छ ।

कार्यक्रममा सहभागिता एबं ऐक्यबद्धता जनाउने क्रममा यस कार्यक्रमको लोगोलाई अनिबार्य रुपमा प्रयोग गरिदिनु हुन पनि सादर अनुरोध गरिन्छ लोगो प्रयोगबाट हुने बिभिन्न फायदाहरुलाई ध्यानमा राखेर ।

बिस्व सामू नेपाललाई अरु बढी चिनाउन सहायक सिद्ध हुन सक्ने मात्र नभएर देशमा भैरहेको शान्ति प्रकृया र बिस्व शान्तिमा भैरहेका प्रयासहरुमा समेत सांकेतिक अर्थ र महत्व राख्न सक्ने  हुनुका अतिरिक्त यस किसिमका कार्यहरुमा उत्प्रेरकको रुपमा काम गर्न सक्ने यस्तो निर्बिबाद कार्यक्रममा सबैको यथासक्य सहयोग र सहभागिता हुने कुरामा हामी आशाबादी छौं । र संचारको क्षेत्रमा कृयाशील श्रद्धेय मित्रहरुले उक्त दिन बुद्ध र कार्यक्रमको सान्दर्भिकता झल्कने सान्दर्भिक सामग्रीहरुलाई जे जस्तो किसिमले हुन्छ स्थान दिनुलाई नागरिक कर्तब्यकै रुपमा लिएर ऐक्यबद्धता जनाउनु हुनेछ भन्ने कुरामा बिस्वस्त छौं ।

 

 वेलायत


Views : 333 | Last Updated : 2009-11-10 07:45:17

About Author

Other Literature
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]