Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 08:38 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

भने जस्तो केटा पाएको छैन ।

Komal Oli - 2009-09-03
Komal Oli

लोक गायिकाहरुको भीडमा स्थापित र चर्चित नाम हो - कोमल वली । आफ्ना गीतहरुमा उत्ताउला र रमाइला शब्दहरु राख्ने कोमल त्यसैका कारण चर्चामा आउँछिन् । गत वर्ष पोइल जान पाम् बोलको गीत गाएर चर्चामा आएकी कोमलले यसवर्ष मनमा आँट भाको, गोजीमा गाँठ भाकोतन्नेरी खोजिन् । उनी अहिलेसम्म त्यस्तो झ्वाँक तन्नेरी नभेटेको बताउँछिन् ।

० पोइल जान पाम भन्नुभएको थियो, पोइल गइयो त ?

कसैले पनि लगेन खै ! यो वर्ष पनि रित्तै भइयो ।

० अहिले फेरि खल्तीमा गाँठ भएको खोज्नुभएछ, भेटनुभयो ?

यसपटक खोजेको त त्यस्तै हो । हेरौं पाइन्छ कि पाइँदैन ।

० गाँठ भएको केटाप्रति निकै क्रेजी हुनुहुन्छ रे तपाई, हो ?

गीतमा भनेजस्तो मरिहत्ते चाहिं हैन । तैपनि गाँठ त चाहियो नि ।

० खल्तीमा गाँठ भएको र मनमा आँट भएको मध्ये कुनचाहिं राम्रो ?

हुन त दुबै भएको राम्रो । तर गाँठ भएको भए झनै राम्रो ।

० मनमा आँट भएको खोज्नलाई त तपाईको उमेरले पनि डाँडा काट्यो नि हैन र ?

बिवाह नगरेकी केटीलाई यस्तो नभन्नुस् न । कसले भन्यो मेरो उमेरले डाँडा काट्न लाग्यो भनेर ?

० सधैभरि यस्तै गीतमात्र गाउने कि अब बिवाह पनि गर्ने ?

खै गीतमा भन्या जस्तो केटा नै पाइएन भन्या ।

० तपाई बढी नै उत्ताउलो गीत किन गाउनुहुन्छ ?

मेरो गीतमा उत्ताउलोपन छैन । मैले त टिपिकल नेपाली शब्द टिपेर ल्याएको छु । यहाँ त कोठामा बसेर लेखेको गीतलाई लोकगीत भन्छन् । त्यस्ता गीतलाई मेरो गीतले चुनौती दिएको छ ।

० तपाईको मागी बिवाह होला कि भागी बिवाह ?

यो दुईटामा एउटा चाहिं पक्कै हुन्छ । मागी बिवाह भयो भने सबैलाई थाहा हुन्छ । भागेर चाहिं जान्न होला । सरसल्लाह मै गइन्छ नि । पछिको केही नसोच्ने मात्र एक्कासी भागेर जान्छन् ।

० तपाई श्रीमान्‌को घर जाने कि श्रीमान्‌लाई तपाईको घर भित्राउने

यसबारे त अहिले नै केही भन्न सकिन्न । हेरौं के हुन्छ ।

० अझै पनि तपाईलाई बिबाह गर्ने रहर चाहिं छ है ?

आम्मै के कुरा गरेको ? बिवाह गरेर दुलही बन्ने रहर कसलाई हुन्न र ?

० केटाहरुले केटी घुमाएको सुनिन्छ । तर, तपाईचाहिं केटा घुमाउनुहुन्छ रे ?

त्यसरी केटा घुमाउन पाएको भए अहिलेसम्म अबिवाहित नै भइन्थ्यो र ?

० नढाँटीकन भन्नुस त, तपाईको ब्वायफ्रेन्डचाहिं को हो ?

यत्तिका कुरा सही गर्नेले किन ढाँटनु पर्‍यो र भन्या ? मेरो ब्वायफ्रेन्ड नै छैन । मेरा केटा साथीहरु छन्, तर तपाईले भनेजस्ता चाहिं छैनन् ।

० ड्राइभिङ गर्दा दिक्क लाग्ने कुरा ?

महिला ड्राइभमा देखेपछि विभिन्न प्रश्न सोधेर र्‍याक गर्ने ट्राफिक देखेर दिक्क लाग्छ ।

० बिवाह नगरिकन बस्दाको फाइदा ?

सबैलाई तिम्रै त हो नि भन्न पाइने र अरुको अण्डरमा बस्नु नपर्ने ।

० राजेश हमाल पनि अविवाहित छन् । सोच्ने हो कि ?

मैले सोंचेरमात्र के हुन्छ र ? उसले पनि सोच्नुपर्‍यो नि ।

० केटामा भुवन केसी अनि केटीमा कोमल वली भन्छन् नि ?

भुवन केसीजस्तो मैले फेरी फेरी हिँडेको त छैन नि ।

० आफ्ना लागि महिनामा कति खर्च हुन्छ ?

अरुका लागि जोगाउन नपर्ने भएकाले कमाएजति सवै खर्च ।

० तपाई जुन पार्टीको सरकार आए पनि उनीहरुसंगै ठिक्क हैन त ?

म कलाकार र सरकारी कर्मचारी हुँ । हाम्रो पेशालाई जात, धर्म अनि राजनीतिक रंगले छुँदैन ।

० कोमल वलीका बारेमा बजारमा चलेका र तपाईले सुनेका केही हल्ला ?

कोमल वली नामजस्तै कोमल छ रे । मसंग संगत गर्नेलाई सोधे हुन्छ, म कतिको कोमल र साह्रो छु भन्ने कुरा ।

प्रस्तुतीः राजन घिमिरे


Views : 788 | Last Updated : 2009-09-03 15:09:27
कुराकानी
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]