बैचारीक बिचारहरुलाई अगाडी ल्याएर शत्रुता र अमानविय व्यवहार नगर्नू हुन अनुरोध गर्दछु ।

खोटाङ्गको नेर्पा - ८ का स्थायी बासिन्दा राम गुरुङ्ग कतारमा सन् १७ सेप्टेम्बर १९९६ देखि कार्यरत हुनुहुन्छ । कतारमा स्थापित समाजिक संघ संस्थाहरुको क्रियाकलापहरुमा अग्रणी भूमिका निर्वाह गरि सक्नु भएका एक प्रतिष्ठित समाज सेवी हो - राम गुरुङ । उहां २००३ मा कतारमा स्थापना भएको तमू बौद्ध सेवा समिति शाखा कतारको संस्थापक अध्यक्ष र कतारमा सबभन्दा पहिले स्थापना भएको जिल्ला स्तरीय संस्था खोटाङ्ग जागृति सेवा समाजको हालको अध्यक्ष पनि हुनुहुन्छ । खेलकुदमा अति नै चासो राख्नुहुने राम गुरुङ संग गोरखाली अनलाईन डट कमका सम्पादक बुधबल गुरुङले गरेको कुराकानी ।
१. सर्व प्रथम यहां खोटाङ्ग यूवा जागृति सेवा समाजको चौथो साधारण सभाबाट पुनः अध्यक्षमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई दिन चाहन्छु ।
धन्यबाद ।
२. तपाई कतार प्रवेश कहिले गर्नु भयो ?
म कतारमा सन् सेप्टेम्बर १७, १९९६ मा आएको हुं ।
४. तपाई हाल अध्यक्ष बन्नु भएको संस्था कति सालमा स्थापना भएको हो नि ?
यो संस्था सन् २००० मा स्थापना गरिएको हो ।
३. त्यसबेला के उद्धेश्यले खोलिएको थियो यो संस्था ?
खोटाङ्गको एक जना रिजाल भन्ने साथीको कतारमा नै मृत्यु भएको थियो । उसको लास स्वदेश पठाउन कम्पनीले पनि चासो नदेखाएकोले हामी खोटाङ्गे साथीहरु नै मिली लास पठाउन एक जुट भएका थियौं । मृतकको घरायसी आर्थिक अवस्था कमजोर भएकोले लासलाई कतारमा नै दफन गर्यौं । पछि खोटाङ्ग सेवा समाज नामक संस्था गरेर समस्या परेका जिल्ला बासी साथीहरुलाई सहयोग गर्ने गरी संस्था गठन गरेका हौं ।
४. त्यसबेला कतारमा अरु समाजिक संघ संस्थाहरु थिएन ?
नेपाल सहयोग समाज भन्ने संस्था थियो तर त्यति सक्रिय थिएन ।
५. एउटा संस्था हुदा हुदै अर्को संस्था खोल्दा नेपाल सहयोग समाजले केही बोलेन ?
नेपाल सहयोग समाजको तत्कालिन अध्यक्ष डा. देवकाजी डंगोलले अर्को संस्था नखोलौं, यही नेपाल सहयोग समाज संस्थामा मिलेर काम गरौं भनी अनुरोध गर्नु भएको थियो तर हामीले वहांलाई यो हाम्रो जिल्ला स्तरीय संस्था हो भनेर संझायौं । पछि हाम्रै देखा सिकी गरी सागर नेपालको अगुवाईमा चितवन यूवा समूह भनी अर्को संस्था पनि स्थापना भयो । हाल त धेरै संस्थाहरु भए ।
६. अहिले कतारमा बैचारिक तथा जातिय अनि जिल्ला स्तरिय गरेर धेरै संघ संस्थाहरु स्थापना भएका छन् । यस बारेमा तपाई के भन्न चाहनु हुन्छ ?
यसरी समस्याहरु एक आपसमा नै मिलि समाधान गर्ने उद्धेश्यले संस्था स्थापना गर्नु राम्रो हो । यसलाई निरन्तरता दिनु पर्दछ । संस्थाहरु एक आपसमा भाईचाराको संबन्ध राख्नु पर्दछ । तर बैचारीक बिचारहरुलाई अगाडी ल्याएर शत्रुता र अमानविय व्यवहार नगर्नू हुन अनुरोध गर्दछु ।
७. कतारमा नेपालीहरुको कत्तिको ईज्जत छ जस्तो लाग्छ ?
अहिले कतारमा काममा दक्षता नभएका ब्यक्तिहरुको आगमन बढी भएको र कम तलबमा पनि आई रहेकोले अरु विदेशीहरुको तुलनामा समग्रमा भन्नु पर्दा नेपालीहरुको ईज्जत नै छैन भन्दा पनि हुन्छ ।
८. यस समस्याको समाधान कसरी गर्न सकिएला त ?
यस समस्याको समाधानको प्रक्रियालाई कानुनी तवरबाट समाधान गर्न नेपाली राजदुतावासबाट मात्र संभव छ । स्थानिय कानुनले बन्देज लगाईएको हुदा यहा स्थापना भएका साजिक संघ संस्थाहरुले यस बारेमा यहा केही पनि गर्न सकिन्न । प्रथमः: त नेपालबाट नै दक्ष बनाई विदेश प्रस्थानको अनुमति दिने, सस्तो तलबमा कामदार पठाउनको लागि स्विकृति नदिने जस्ता नियम लागू गर्न अत्यन्त जरुरी छ ।
९. कतारमा कार्यरत नेपालीहरुले के गरि दिए हुन्छ जस्तो लागेको छ ?
सबै नेपालीहरु एक जुट भएर कुनै पनि समस्याको मुकाबिला गर्नु पर्दछ । विदेशमा बसेर जति दुख गरे पनि देशको अर्थतन्त्र सुधार्नमा र देशको ईज्जत जोगाउन सह्रायिन कामहरु गर्नमा अग्रसर भए हुन्थ्यो ।
१०. सन् १९९६ कतार आए पछि यहा कति दुख गर्नु भयो त ?
दुख त धेरै गरियो, यसको मापन नै गर्न सकिदैन ।
११. यतिको दुख नेपालमा गर्न सकिदैन थियो र ?
सकिन्छ , यति धेरै दुख नेपालमा गर्दा त अर्कै भईन्थ्यो नी ।
१२. नेपालमा गरिने दुख र यहा गरिने दुखमा के भिन्नता पाउनु भयो त?
फरक त भई नै हाल्छ । परिवार संग बसेर गरेको दुख र स्वदेशमा गरेको दुख अर्कै हन्छ । स्वदेशमा गरेको परिश्रमको फल आफ्नै देशमा हुन्छ । यहाको फल अर्कोलाई दिन्छौं र मासिक तलब बुझेर परिवारको आबश्यक्ता मात्र पुरा गरिरहेका छौं । यहां समय अनुसार परिश्रम गरेकोले दुख गरेको महसुस हुदैन, बस..... ।
१३. अब कतार नर्फकने गरी नेपाल कहिले जाने त ?
सबैको बाध्यता एकै हो । सायद अझ २, ३ बर्ष अझै दुख गर्छु होला ।
१४. नेपाली राजदुतावास कतारले संरक्षकत्वको भूमिका निर्वाह गर्न नसकेको भन्ने जन गुनासो सुनिन्छ नी, के साच्चै हो ?
हो, साच्चै हो । यति धेरै नेपालीहरु भएकोले होला राजदुतावास अफिसियल काममा मात्र ब्यस्त छ । अर्को तिर कर्मचारी पनि कम छ । नेपालीहरुको समस्याको बारेमा कमै चासो दिए जस्तो लाग्छ । नेपाली संघ संस्थाहरुले आफनो जिल्लाका समस्याहरु सके सम्म आफै समाधान गरेका छन् । यसो भन्दैमा राजदुतावासले समस्याहरु हरेका नै छैनन् भन्ने होईन, संरक्षकत्वको भूमिकाको तुलनामा असाध्य न्यून छ ।
१५. समाजिक सेवाको प्रेरणा कहिले देखि आयो ?
कतारमा २००२ तिर होला सायद नेपाली प्रोग्राम ल्याउदा कार्यक्रम आयोजक नै फरार हुदा नेपालबाट आएका कलाकारहरु बिचल्ली भएको थियो । कलाकारहरुलाई स्वदेश फर्काउन हामीले व्यक्तिगत पैसा उठाई हवाई टिकटको ब्यवस्था गरी नेपाल पठाएका थियौं । त्यही दिनबाट नै म सामाजिक संघ संस्थामा लागेको हुं ।
१६. अबको भावी योजना के छ ?
अब खोटाङ्गमा नै खोटाङ्ग सेवा समाज खोल्ने योजना छ । त्यहा केन्द्र र कतारको संस्थालाई शाखा बनाएर समाजिक सेवामा लाग्ने बिचार गरेको छु ।














