Advertisement | Comments | Send News | Make Your Home Page
Thursday, 09 September 2010 09:08 pm
Headlines>>
Browse Menu
User Login
User name
Password
New user Signup
Gorkhali Records
Gorkhali Organizations
ads


Today's Photo
More Informations
Face to Face
रञ्जिता गुरूङ

रञ्जिता गुरूङ

कलाक्षेत्रलाई नै निरन्तरता दिनेछु ।
Our Donors
Tamu Samaj

 

शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउन काम हुनेछ ।

प्रदिप कुमार ज्ञवाली - 0000-00-00
प्रदिप कुमार ज्ञवाली

सत्तारुढ दोश्रो ठुलो घटक नेकपा एमालेका केन्दि्रय सदस्य एवं संविधानसभा सभासद् प्रदिप कुमार ज्ञवाली कतारस्थित एमाले समर्थित प्रवासी नेपाली सम्पर्क मञ्चको तेस्रो सम्मेलनमा सहभागि हुन गत साता दोहा आएका थिए । दोहा बसाईका क्रममा ज्ञवालीले आफ्ना पार्टीका कार्यकर्ता तथा सुभेच्छुकहरूलाई सम्बोधन तथा प्रशिक्षण समेत गरे । दोहा बसाईकै क्रममा ज्ञवालीसंग गरेको कुराकानीको सार संक्षेपः

दोहा भ्रमणवारे बताइदिनुहुन्छ कि !

- बिशेषगरी प्रबासी नेपाली सम्र्पक मञ्चको तेस्रो राष्ट्रिय सम्मेलनमा सहभागितको सिलसिलामा यहा आएको हौ । भ्रमणमा केहि थप चाहनाहरु संगै जोडिएका छन् । कतार भारतपछि नेपालीहरुलाई रोजगारी दिने दोस्रो वा तेस्रो सर्बाधिक ठुलो रोजगारदाता मुलुक हो । झण्डै बैंधानिकरुपले तीन लाख र अरु अबैंधानिक रुपमा बसेकाहरु समेत गरी करीब साढे तीनलाखको हराहरीमा नेपालीहरु रहेको थलो हो कतार । संख्या नै ठुलो भएको कारणले गर्दा समस्याहरु पनि त्यही अनुपातमा जटिल र गम्भिर छन् । त्यसो भएर प्रबासी नेपाली श्रमीकहरुको समस्याहरुलाई नजिकबाट हेर्ने उदेश्य पनि थियो । कतारले निकै छोटो समयमा ठुलो आर्थिक बिकास गरेको र संसारका समृद्ध मुलुकहरुमा गनिन पुगेको पनि छ । कतारको यो समृद्धी नया नेपालका सन्र्दभमा केही जोड्न सकिन्छ की भनेर पनि कतार आएका हौं । यहाबाट लगानी नेपाल भित्रयाउन सकिन्छ की ! यहाका खर्चालु पर्यटकहरुलाई नेपाल भित्रयाउन सकिने सम्भावना छ की ! त्यसको खोजी पनि, अध्ययन पनि एउटा हाम्रो बिषय थियो । छोटो समय भएपनि यस सम्बन्धमा अनुभब गर्ने हामीले मौका पाएको छौं ।

यहा रहेको नेपाली समुदायको अवस्था कस्तो पाउनुभयो ?

- यहा रहेका नेपालीहरुमा हाम्रो मुख्य आग्रह र सन्देश यहि हो कि, जुन कुरा जहा रहेपनि संसारका जुनसुकै मुलुकमा रहेपनि मातृभूमि प्रतिको माया र त्यसप्रतिको दायित्व सर्बाधिक महत्वपूर्ण कुरा हो । यसलाई हामीले नया नेपालको सन्र्दभमा प्रबासी श्रमिक नेपालीहरुलाई स्वागत गर्न यो अभियानमा कुनै न कुनै हिसाबले सम्मिलित हुन आग्रह गरेका छौं । यहाको बसाईलाई बढी भन्दाबढी उपलब्धि पूर्ण बनाउन हामीले ब्यापक भेटघाट पनि गर्‍यौं । यहा दुःख पाएका नेपालीहरुलाई सघाउन र यहा एउटा सम्मानित कामको एउटा बाताबरण निर्माणको लागि आग्रह गर्‍यौ । मित्रराष्ट्र कतार र नेपालको बिचमा पुलको रुपमा काम गर्न हामीले आग्रह गरेका छौं । समग्रमा हाम्रो आगमनको उद्देश्य अनुरुप हामीले अन्र्तकृया गरेका छौं । अवस्थाको कुरा गर्दा कतै सन्तोष छ, कतै दुखः छ । यो दुखसुखमा समष्टिगतरुपमा प्रबासी नेपाली सम्र्पक मञ्चले कतारमा रहेका श्रमिक नेपालीहरुको हकहितको पक्षमा ठुलो भूमिका खेलेको छ । ठगीएको र दुःख पाएको नेपालीहरुको उद्धारको निम्ती यसले सघाउ पुर्‍याएको छ । यहा रहेका नेपालीहरुलाई देशप्रतिको जिम्मेवारीवारे पनि उत्प्रेरित गरेको छ । हिजो निरंकुशताबिरोधी आन्दोलनमा आफनो ठाउाबाट सघाएको छ, संबिधानसभाको चुनाबमा पनि आफनै ठाउबाट सघाएको छ । समष्टिगतरुपमा प्रवासी सम्र्पक मञ्चको भूमिका हामीले सन्तोषजनक पायौं । छोटो समयमा पनि यसले यहाको अग्रणी सामाजिक संगठनको रुपमा पहिचान स्थापित गरेको छ । अव धेरै नेपालीहरुलाई समेट्नुपर्छ । जुन ढंगमा ठगी तिब्र छ र त्यसलाई निर्मुल पार्ने गर्ने र अलपत्र परेका युवाहरूको उद्दार गर्नका लागि पहल गर्न हाम्रो सुझाव छ । उनीहरुलाई सघाउने काममा सवैले अझ बढी प्रभाबकारी भूमिका खेलुन् भन्ने हामीले आग्रह पनि गरेका छौ ।

देशका सामु हाल विद्यमान सम्भावना र चुनौतीहरूवारे के विश्लेषण गर्नुहुन्छ ?

- हाम्रो अगाडी बिशाल संभावनाहरु र गम्भिर चुनौतिहरु दुबै छन् । गत तीन बर्षमा हामीले निरंकुशतन्त्र समाप्त पार्न र लोकतन्त्र स्थापित गर्न, शान्ति प्रकृयालाई उचाईमा पुर्‍याउन नेपाली समाजको आमूल परिबर्तको निम्ती आधार तयार पार्न ठुला उपलब्धिहरु प्राप्त गरेका छौ । यदि राजनितीक दलहरु सचेत, जिम्मेवार र गम्भिर बन्ने हो भने हाम्रो अगाडी निकै ठुला ठुला संभावनाहरु छन् । तर साथै केही समययता गम्भिर खालका चुनौतिहरु पनि उत्पन्न भएका छन् र चुनौतिहरुको कुरा गर्दा आन्दोलकारी शक्तिहरुको बिचमा जुन दुरी बढेको छ, त्यो चिन्ताको विषय हो । यो दुर्भाग्यपूर्ण कुरा हो भन्ने म ठान्दछु । बिशेषगरी नेपाली कांग्रेस र माओबादी बिच बढ्दो दुरी र सबैको निम्ती चिन्ताको बिषय बनेको छ । एकातिर माओवादीले कांग्रेसलाई परम शत्रु घोषित गरेर यसलाई समाप्त पार्ने कुरा प्रकट गर्नु र अर्कोतिर कांग्रेसले माओबादीबिरुद्ध कथाकथित प्रजातान्त्रिक गठबन्धनका नाउमा राप्रपा, जनशक्ति जस्ता पूर्वराजाबादी शक्तिसंग हात मिलाउन खोज्ने कुराले मुलुकको राजनितीलाई ध्रुबिकरणतिर धकेल्न खोजिरहेको छ यो गम्भिर बिषय हो । दोस्रो सेना समायोजन प्रश्नमा देखा परेका मतभेदले पनि स्वाभाबिकरुपले चिन्ता अझै उत्पन्न गरेको छ । त्यसबाहेक शान्ति प्रकृयाको लाभ द्धन्द्ध पिडीतहरुले अहिले पाउन सकेका छैनन् । द्धन्द्ध, हिंसा अझै मौलाईरहेको स्थिती छ । तराईमा र पूर्वि पहाडमा अहिंसा र हत्याको श्रंखला चाहि दिनप्रति दिन बढ्दो छ । संबिधान लेखनको काम शुरु भइरहेको छैन । यि यावत कुराहरुले जनताहरुमा एक खालको नैराश्य उत्पन्न भएको छ । हिजोको त्यो उत्साह बढ्दै जानुपर्नेमा त्यो आन्दोलनकालिन राप र ताप सेलाउदै छ । त्यो चाहि सकारात्मक बिषय होईन । त्यसकारणले देशको परिस्थितीमा संभावनाहरु र चुनौतिहरु दुबै छन्, उत्तिकै अग्ला छन् ।

यस्तो जटिल परिस्थितिमा राजनीतिक बृत्तमा राष्ट्रप्रतिको दायीत्ववारे इमानदारीता देखिएन नि !

- सकारात्मक सोच जरुरी छ । नया नेपालको निर्माणको संभावना प्रबल छ तर अहिलेको जस्तो बेमेलपुर्ण ब्यवहार र घटनाहरू नरोक्ने हो भने मुलुकले आगामी दिनहरुमा अझ संकटको सामना गर्नुपर्ने अबस्था पनि आउनसक्छ ।

यस्तो अवस्थामा तपाईको पार्टीले झनै ढुलमुले प्रबृत्ति देखाइरहेको छ नि !

- यो आरोप हो । आरोपहरुको पनि अन्त्य रहेनछ । मुलुकको यस्तो परिस्थितीमा नेकपा एमाले यी चुनौतिहरुलाई माथ गर्न र संभावनाहरुलाई साकार पार्नका निम्ती आफनो ठाउबाट जिम्मेवार भूमिका खेलिरहेको छ ।

राजनीति, नेतृत्व र सरकारवारे एमालेभित्रै धेरै मतहरू देखिन थालेका छन् नि !

- एउटा जिबित पार्टी भित्र विभिन्न विषयमा फरक मत आउनु र छलफल हुनु स्वभाविक हो । तर नेकपा एमाले मुलुकको बर्तमान परिस्थितीको सवालमा एकदमै स्पष्ट छ । एकिकृतरुपमा अगाडि बढीरहेको छ । हामी नेकपा एमालेको निष्कर्ष के हो भने अहिले पनि राजनितीक दलहरुको सहमति र सहकार्य अनिबार्य छ । त्यसो भएको हुनाले नेकपा एमाले न माओबादीबिरोधी मोर्चामा सम्मिलित हुनसक्छ न कांग्रसी बिराधी मोर्चमा, नेकपा एमाले न माओबादीको अधिनायकबादको सहयोगी बन्न सक्छ न त कांग्रेसको यथास्थितिवादको मित्र नै । राष्ट्रिय राजनीतिलाई सही दिशातिर लैजान र उत्पन्न भईरहेका कटुतालाई समाप्त पार्दे सिङ्गो राष्ट्रलाई एकताबद्ध बनाएर अगाडि बढ्ने मामलामा नेकपा एमाले सचेत छ र यसमा हाम्रो पार्टी भित्र कुनै पनि समस्याहरु छैनन् । कहिले काही कुनै ईस्यू बिशेषमा सामान्यरुपमा आउन सक्ने पृथक बिश्लेषणलाई अन्यथा लिनु हुदैन ।

वर्तमान सरकारको कार्यसम्पादन र आयुवारे के भन्नुहुन्छ ?

- पहिलो कुरा तत्काल सरकार गिर्ने मैले कुनै संभावना पनि देख्दिन । सरकारले आफ्नो कमजोरीहरुलाई ढाकछोप गर्ने, आफ्नो छायादेखी आफै तर्से जस्तो गरीकन सरकार ढाल्ने षडयन्त्र हुदैछ भन्नुमा पनि तुक छैन । सरकार बाहिर बसेर कसैले ढल्छ भनेर वा कोलाहाल मचाएर पनि हुनेवाला केहि छैन । सरकार कसैले ढालेर पनि ढल्दैन । गणितिय हिसाबले हेर्दा पनि हामीले सत्तरी प्रतिशत भन्दा बढी मेजोरेटी कमाण्ड गर्छौ । त्यही परिस्थितीभित्र बाहिरका कुनै पार्टीले चाहादैमा सरकार गिर्ने संभावना पनि हुनुहाुदैन । तर यदि सरकारले जनताको भावना अनुरुप आफूलाई हिडाउन सकेन भने, आन्दोलन र निर्बाचनका बेलामा जनतासामू दिएका सबोधनहरु र जनताका आकांक्षाहरु पुरा गर्न नसकेमा भने सरकार खुद आफ्नै कारणले ढल्छ । त्यसमध्ये पनि सरकार ढल्यो भने उसको ठुलो मुख्य कारण चाहीा माओबादीको ब्यबहार रहने छ । माओबादी सरकार नेतृत्व गर्ने पार्टीहरु सबैभन्दा ठुलो छ । दल ठुलो भएको कारणले उसको दिल पनि ठूलो होस्, पार्टी ठूलो भएको नाताले गर्दा हामी चाहन्छौ, उसको छाती पनि ठूलो होस्, उसले मतभेदलाई दिनप्रति दिन समाधान गर्न सकोस्, प्रजातन्त्रिक आचारण देखाओस् । तत्काल यो सरकारलाई गिराएर अस्थिरता तिर धकेल्ने कुरामा नेकपा एमाले सम्मिलित हुन सक्दैन र नेकपा एमालेभित्र कुनै त्यस्तो किसिमको बहस पनि चलेको छैन ।

१ सय दिनको कार्यकाललाई कसरी हेर्नुहुन्छ ? सरकारप्रति सन्तुष्ट हुनुहुन्छ ?

- यस बिचमा केही कामको थालनी नभएको होईन । निती र कार्यक्रम मार्फत र बजेटमार्फत एउटा लोक कल्याणकारी राज्यको, एउटा जनमुखी सरकारको फ्लेबरको सन्देश दिन सरकारले ख्ाोजेको छ र शान्ति सुरक्षाको जटिल प्रश्नहरुमा, सेना समायोजन गर्नको लागि गृहमन्त्री ईमान्दारी पूर्वक लागिरहनुभएको छ । मधेशको हिंसात्मक समूहरुसंग होस्, चाहे समाजमा रहेका अन्य बिकृति बिरुद्ध लड्ने कुरामा होस् । तर यस बिचमा सरकारबाट केही गम्भिर कमजोरीहरु पनि भएको छ । मैले माथि भनेको जस्तो जनताले चाहेको राष्ट्रिय राजनितिक सहमती जुटाउन सरकार असफल भएको छ । जनताले खोजेको परिबर्तनको अनुभूति दिन सरकारले सकेको छैन र सरकार सरकारजस्तो एकताबद्ध भएर चल्न सकिरहेको स्थिती पनि छैन । सरकारका मन्त्रिहरु बिना लगामको घोडाहरु जस्ता भएका छन् । संयूक्त सरकार सञ्चालन गर्ने संयन्त्रमा कुर्न छलफल नै नगरीकन एकपछि अर्को प्रस्ताब राख्ने र माओबादी एजेण्डमा सिङ्गो देशलाई लतार्ने खोज्ने प्रयास भईरहेको छ । त्यसैले सरकारको सामू जटिलताहरु पनि थपिादै छन् । त्यसकारणले म सरकार असफल चाहि भन्दिन तर यसबिचका घटनाहरुलाई मुल्यांकन गर्दा सरकारको प्रोफमेन्स सन्तोषजनक छैन भन्ने म समीक्षा गर्न चाहन्छु ।

अव एमाले नेतृत्व कस्तो आउला ?

- अब महधिबेशनमा नेतृत्वको बारेमा बहस हुनु स्वभाविक हो । यहा प्रतिस्पर्धा हुने कुरामा म अन्यथा ठान्दिन । एउटा लोकतन्त्रिक पार्टी भित्र त्यो सामान्य पनि हो । हामीसंग समान उमेरका, समान योग्यता, समान भूमिका भएका नेताहरु ठूलो पंक्तिमा भएका कारणले गर्दा ईच्छा राख्नुहुन्छ भने मैले यसलाई स्वाभाविकरुपमा नै लिन्छु तर नेकपा एमालेभित्र त्यो बिषयलाई लिएर कुनै पनि गम्भिर मतभेद छैन । महाधिबेशन प्रजातान्त्रिक बाताबरणमा हुनेछ र सवल नेतृत्व आउनेछ ।

माओबादी संग नजिक र टाढाको आधारमा नेतृत्व चयन हुने हो कि !

- यो आधारको कुरै होइन । नेकपा एमालेको घोषित नीति हो कि हामीले लोकतन्त्र, शान्ति र स्थायित्वको मामलामा कांग्रेससंग काम गर्न तयार छौ तर यथास्थितीवादी चरीत्रसंग बिरोध छ । अग्रगामी भूमिकाको मामलामा माओबादी प्रगतिशिल छ । तर लोकतन्त्रको मामलामा माओबादी निस्ठा र शंकाको घेरामा छ । त्यसै कारणले माओबादी र काूग्रेस दुबैसंग हाम्रो सहकार्यमा द्धन्द्धात्मक सम्बन्ध छ । यो स्थितीभित्र समनिकटता वा समदुरीमा छौ । हामी मैले अघि भने जस्तो माओबादी बिरुद्ध मोर्चामा सम्मिलित हुन सक्दैनौं र काूग्रेस बिरोधी मोर्चामा पनि सम्मिलित हुदैनौ । पार्टीको घोषित निती हो यो । घोषित निती पृथक रहेर कसैले पार्टीलाई कांग्रेस र माओबादीको एजेण्डा पछाडि कुदाउने प्रयत्न गर्छ या कांग्रेसको एजेण्डाको पछाडी कुदाउने प्रयत्न गर्छ भने त्यो पार्टीको स्प्रीट बिपरीत कुरा हो, मलाई लाग्छ, कार्यकर्ताहरुले यसलाई स्वीकार्ने छैनन् ।

माओवादी र एमालेका मन्त्रीहरू विचमै पनि आपसी भनाबैरी चलिरहन्छ नि !

- सहमती गर्ने बेलामा माआबादीले ९ वटा मन्त्रालय, एमालेले ६ वटा मन्त्रालय लिने कुरा भएको थियो । माओबादीसंग अहिले ११ वटा मन्त्रालय छन् । मुख्य मुख्य मन्त्रालय उनीहरुको हातमा छन् र उसलाई यो सय दिन अथवा चार महिनाको समयमा काम गर्ने अवसर दिने कुरामा कतैबाट पनि अबरोध भएको छैन । राम्रो गर्न नसक्नेले अरुलाई दोष लगाएर हुदैन । कांग्रेसको अबरोधको कारणले पनि होइन, एमालेको कुनै अवरोधले पनि होईन तर माओवादी नेतृत्व नै प्रभावकारी हुन नसके अरुमाथि दोष थुपार्नु हुदैन । एमाले त सरकारलाई सहमतीको आधारमा प्रभावकारी ढंगले जनताको आकांक्षा अनुरुप सञ्चालन गर्न चाहन्छ । त बाधक कहानिर छ भने माओबादीको दोहोरो नितीहरु । सरकारमा पनि बस्ने, बिरोधी चरित्र पनि देखाउने । त्यसैले समस्या उत्पन्न भएको हो । त्यसकारणले सरकारको प्रभाबकारिता नभएकोमा एमालेलाई दोषरोपण गर्ने कुरा चाहि बेकार हो जस्तो लाग्छ मलाई ।

आपसी अविश्वास पालेर कतिञ्जेल सरकारमा रहनुहुन्छ ?

- एउटा मित्र शक्तिलाई लोकतान्त्रिक रुपान्तरण गर्न सजिलो छैन । तर त्यो नगरीकन पनि भएको छैन । त्यसैले सरकारमा सम्मिलित हुनको हाम्रो उद्देश्य माओबादीलाई लोकतान्त्रिक रुपान्तरण गर्नमा सहयोग गर्नु पनि हो । माओबादीले गरेका सबै गलत काम कुराहरुको साक्षी बस्न त्यहा गएका पनि होईनौं । हामी त्यहा रहेका माओवादीलाई बिधिको शासनप्रति जवाफदेही बन्न, लोकतन्त्रप्रति निस्ठावान बन्नको निम्ती निरन्तर दबाब दिईरहेको छौं । निरन्तर उसका गलत सोचहरुमा आलोचनाहरु गरेका छौ र बिरोधहरु पनि गरेका छौ । माओबादीलाई रुपान्तरण गर्न सकिन्छ भन्ने आश अझैपनि छ । तर सांचिकै त्यहा रहेर देश र जनताको हितमा काम गर्न नसक्ने निष्कर्षमा पार्टी पुग्यो भने हामीले पूनर्बिचार गर्नेछौं । नेकपा एमाले सरकारमा सहभागि हुनुको कारण हाम्रा मिसनहरु पुरा गर्न हो । त्यहाा रहेर जागिर खानको निम्ती होइन ।

के हुन् मिसनहरू ?

- ती मिसनहरु हुन्- शान्ति प्रकृयालाई टुङ्गोमा पुर्‍याउने, संबिधान समयमा लेख्ने, सामाजिक आर्थिक रुपान्तरण गर्ने । ती मिसन सरकारमा रहेर या माओबादीसंग सांठगांठबाट पुरा गर्न सकिदैन भने निष्कर्ष आयो भने हाम्रो पार्टीले पूर्णबिचार गर्नेछ । अहिले त्यो निष्कर्ष निकाल्ने बेला भएको छैन ।

संविधान लेखनमा एमालेका एजेण्डा के हुन् ?

- मुख्यतय नया संबिधानमा बिगत जनआन्दोलनले दिएका म्यानडेटहरू अनुसारका बिशेषताहरु हुनेछन् । शान्तिप्रकृयालाई निष्कर्षमा पुर्‍याउन काम हुनेछ । संबिधान गणतान्त्रिक र पूर्णरुपले लोकतान्त्रिक हुनेछ । नया संबिधानले दिगो शान्तिको प्रत्याभूति गर्नेछ । अब उप्रान्त क्रान्तिको उद्देश्य प्राप्तीको निम्ती हतियार उठाउने स्थिती अन्त्य गरिने छ । नयां संबिधान संघिय हुनेछ । नया संबिधानले समृद्ध नेपालको निम्ती ढोका खोल्नेछ । नया संविधानमा हाम्रा एजेण्डावारे नेपाली जनतालाई यथेष्ट जानकारी छ । हाम्रो देशको बनावट बिभिन्न खालको छः बहुजातिय, बहुभाषिक, बहु संस्कृतिक छ । जुन संरचना छ त्यो संरचनालाई एकात्मक राज्यले भन्दा संघियात्मक राज्यले सही ढंगले न्याय दिनसक्छ भन्ने निष्कर्षको साथ हामी संघियतामा जाने निर्णय गरेका हौं । संघियतामा जानुको कारण पनि मुलुकको हितलाई अरु बढी सुदृढ गर्ने हो । यसकारणले हाम्रो मुख्य पहल हुनेछ- संघियतामा मुलुकको एकतालाई कसरी सुदृढ गर्न सकिन्छ र सामाजिक बिभेदहरको अन्त्य गरेर यो राज्य हाम्रो हो भनेर कसरी स्थापति गर्न सकिन्छ भनेर । नेपालको सन्र्दभमा बिशुद्ध जातियताको आधारमा राज्यको निर्माण सम्भब छैन । आत्मनिर्णयको अधिकारको नाममा मुलुक टुक्य्राउने कुरालाई या छुट्टनि पाउने अधिकारलाई स्विकार गर्न सकिदैन । आफ्नो निर्णयको अधिकार भनेको जनताले बिकासको बाटो छनौट गर्ने पाउने कुरा हो, छुट्टनि पाउने कुरा होईन ।संघियता सम्बन्धि नेकपा एमालेका अबधारणाहरु एक ढेड महिनाभित्र सार्बजनिक हुदैछन् ।

मुलुकलाई ठुलो विप्रेषण पठाएर अर्थतन्त्र धान्नमा प्रवासीहरूको योगदान उच्च रहेको छ । यो योगदान गरिरहेका कतारबासी नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?

- पहिलो कुरा त यहा रहेका झण्डै तीनलाखको हराहरीमा अथवा तीनलाख भन्दा बढीको संख्यामा रहेका नेपालीहरुको यहाका बसाई उपलब्धिपूर्ण होस् र काम गर्ने अनुकूल बताबरण यहाहरुलाई प्राप्त भइरहोस् भन्ने कामना गर्छु । यहा रहेर आफ्नो परिवारलाई भरथेक गर्ने र रेमिटेन्स मार्फत मुलुकलाई टेवा पुरयाउने तपाईहरूप्रति हामी कृतज्ञ छौं । नेपाल सरकार र कतार सरकार बिचमा एउटा सम्बन्धको शुत्र जस्तो बनेर भोलीको नया नेपाल निर्माणको निम्ती कतारी सरकारको सदभाव जुटाउन सक्नुहोस् भन्ने शुभकामना छ । यहाा आफनो हकहितको लागि नेपालीहरु संगठित हुन अत्यन्त जरुरी छ । तर यस्तो गरिरहादा यहाको सरकारको नियम र मर्यादाको पालना गर्नुहोला । यहाको संबेदनशिलतालाई अत्यन्तै सचेत भएर मर्यादा राख्नुहोला । नया नेपालको निर्माणको अहिलेको अभियानलाई यहा रहेर पनि सहयोग पुर्‍याउनुहोला भन्ने म सबै कतारबासी नेपालीजनहरुलाई शुभकामना दिन चाहान्छु ।



Views : 290 | Last Updated : 2008-12-22 00:02:38
Other Interviews
 
ads
Forum
अहिलेको यस्तो राजनितीक परिस्थितीमा डा. बाबुराम भट्टराई प्रधानमन्त्रि बन्न उचित छ?
Search Nepali Penpals
I am   Looking  
Currently in
 
Age To   
Advanced Search
Persons & Personality
Laxman Babu Shrestha

Laxman Babu Shrestha

Laxman Babu Shrestha was born in Gorkha. Shrestha is now known as owner of Manakamana cable car.
Entertainment

Sreeram wins Indian Idol 5

Sreeram wins Indian Idol 5
Sreeram Chandra from Andhra Pradesh won the \'Indian Idol Season 5\' music reality show beating Bhoomi Trivedi and Rakesh Maini on Sunday night.
Bestcyberzone.com Home | Terms & Conditions | Contact Us | Advertisement | Comment
©Copyright 2008, www.gorkhalionline.com, All rights researved.
[ E-mail: info@gorkhalionline.com, gorkhaonline@gmail.com ]