
१०० औं अन्तराष्ट्रिय नारी दिवशको पुव सन्ध्यामा गोरखा सदरमुकाममा भएको अन्तरक्रिया कार्यक्रममा वोल्ने सवै नारीहरुले महिला महिलाकै कारण पिडीत भएको र अधिकारवाट वञ्चित भएको वताए ।
नेपाल भ्रमण वर्ष २०११ मा गोरखा जिल्लामा विदेशी पर्यटक भित्राउने उद्वेश्यका साथ जिल्लामा नयाँ गन्तब्यको खोजीको लागी धार्चे गएको एक टोली साता दिन पछि गोरखा सदरमुकाममा आई पुगेको छ ।
गोरखाको जौवारी गाउँ विकास समितिमा चन्द्र वहादुर गुरुङ्गको छुरा प्रहारवाट उनकै घरमा डेरा गरी वस्ने वाल कुमारी गुरुङ्गको मृत्यु भएको छ भने आˆनै श्रीमती वुध माया गुरुङ्ग गंभिर घाइते भएकी छिन ।
फागुन १९ गते । खेलकुद विकास समिति गोरखाको कार्यालयमा हालै गठीत समिति प्रति असन्तुष्ठी जाहेर गर्दै तालावन्दी गरीदिएका छन ।
गोरखा, फागुन १८ गते । नेपाल मगर महिला संघको गोरखामा भएको चौथो राष्ट्रिय महाधिवेशनले गंगा खासु मगरलाई चयन गरेको छ ।
गोरखाका पुराना वामपन्थी कार्यकर्तामध्येका एक मानिने अहिले एकीकृत माओवादीका तमुवान राज्य समितिका सदस्य रामबहादुर ढकालले ५७ वर्षको उमेरमा विवाह गर्नुभएको छ।

धार्मिक एवम् पर्यटकीय स्थल मनकामना मन्दिर भवन जीर्ण भएकाले पुरातत्त्व विभाग मन्दिर पूरै भत्काएर पुनर्निर्माण गर्नुपर्ने पक्षमा उभिएको छ भने मनकामना क्षेत्र विकास समिति एक-एक भाग गर्दै जीर्णोद्धार गर्नुपर्ने पक्षमा रहेको छ।

गोरखा सदरमुकाम देखी ६४ किलोमिटर उत्तरमा रहेको वारपाक गाउँमा केही दिन अगाडी देखी हलुका सवारी साधन संचालनमा आउन थालेको छ ।
नेपाल मगर संघका केन्द्रीय अध्यक्ष झकबहादुर थापाले लखन थापालाई प्रथम सहिद घोषणा गर्नु पर्ने माग गनु भएको छ ।
एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीको नेतृत्वमा सरकार बनेमात्रै संविधान निर्माण र शान्तिप्रक्रिया सार्थक निष्कर्षमा पुग्ने बताउनुभएको छ ।
फागुन ७ गते । भारतीय सेनामा काम गरी निवृत्त भएकाहरुका लागी गोरखा वजारमा यस पटक सात करोड वरावरको पेन्सन वितरण गरीएको छ ।
फागुन ६ गते । गोरखा जिल्लामा नै पहिलो पटक घ्याच्चोक गाउँ विकास समितिको जल उपयोग गुरु योजना तयार पारीएको छ ।
फागुन ६ गते । गत वर्ष गोरखामा पौने तिन लाख मानिसले खाएको हात्तिपाइले औषधी यस वर्ष भने तिन लाख भन्दा वढी सर्व साधारणले खाने भएको छ ।
स्वर्ण महोत्सवका लागी हेलिकप्टर चढी खोप्लाङ्ग आउनु भएका डा.बाबुराम भट्टराईले स्वर्गिय आमा धर्मकुमारी भट्टराईको स्मृतिमा विद्यालयमा पुस्तकालय भवन निर्माण गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
एकिकृत नेकपा माओवादीका उपाध्यक्ष एवं पूर्व अर्थ मन्त्रि तथा गोरखा क्षेत्र नंबर २ का प्रत्येक्ष तर्फका सभाषद डा.बाबुराम भट्टराईले संविधानसभा भित्रैवाट समयमा संविधान बन्न नदिने षड्यन्त्र भइरहेको दावी गर्नुभयो ।

क्षेत्रि समाजको आज हुने काठमाण्डौं सम्मेलनका लागी गोरखा देखी जान लागेका करिव १५० कार्यकताहरुलाई माओवादीले सदरमुकाममा नै रोकेको छ ।
गोरखा सदरमुकाम देखी उत्तरमा रहेको वगुवा-९ मा रहेको सिम्ले पधेरोमा आज दिउसो झिगटे देखी जन्ती लिएर आरुघाट जादै गरेको ना.२ ख ६२४८ नम्वरको मिनी ट्रक दुरघटना हुदा एक जनाको घटना स्थलमा नै मृत्यु भएको छ भने तिन जना घाइते भएका छन ।
एकीकृत नेकपा माओबादीका उपाध्यक्ष एवं पूव अर्थ मन्त्री डा.बाबुराम भट्टराईले संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको आवश्यकता रहेको र त्यसका लागी सवै दल एक हुनु आवश्यक बताउनुभएको छ ।
गोरखा जिल्लाको सुदुर उत्तरी गाउँमा विहानै देखी हिमपात हुन थाले पछि त्यहाको जनजिवन कष्टकर भएको छ भने विहानै देखी गोरखामा भएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम भै कच्ची सडकमा चल्नेकुनै पनि सवारी साधन चल्न सकेको छैन ।
गोरखा सदरमुकाम देखी पश्चिममा रहेको मकैसिंङ्ग गाउँ विकास समितिको २ नम्वर वडा अन्तरर्गत वट्टारमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ भने एक घर जलेर नष्ट भएको छ ।